काठमाण्डौ । सालपा विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा बैंकले ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.४१ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ५२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि कमिसन आम्दानीमा सुधार देखिएसँगै नाफा बृद्धि भएको हो । बैंकको कसिमन आम्दानी गत आवमा ३६.५६ प्रतिशत बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
ब्याज आम्दानी भने १४.३८ प्रतिशत घटेर ६ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको यस्तो आम्दानी अघिल्लो आवमा भने ७ करोड ४० लाख रुपैयाँ थियो ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल)मा पनि सुधार देखिएको छ । अघिल्लो आवमा २.८० प्रतिशत रहेको एनपीएल गत आवमा घटेर ०.७९ प्रतिशतमा कायम भएको छ ।
त्यस्तै, बैंकको पूँजीकोष अनुपात ३२.५६ प्रतिशत, आरओई १.४१ प्रतिशत, कस्ट आफ फण्ड ४.५६ प्रतिशत, सीडी रेसियो ६३.३१ प्रतिशत, बेस रेट ९.ब९० प्रतिशत र स्प्रेड दर ४.५८ प्रतिशत रहेको छ ।
बैंकको ईपीएस १.५१ रुपैयाँबाट घटेर १.४६ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १०३.५२ रुपैयाँ, सीएआर ३२.५६ प्रतिशत र तरलता अनुपात ५१.३३ प्रतिशत रहेको छ ।
साथै बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ करोड ५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक छ । यसर्थ बैंकको लाभांश क्षमता समेत २.०२ प्रतिशत ऋणात्मक छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।