मंगलवार, श्रावण २६,२०८३ 07:27:18
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 07:27:18
Bizshala
Global IME Bank Limited

सर्किटको खेल: सालपा विकास बैंकमा कसको चलखेल ?

Prabhu Bank Limited
सर्किटको खेल: सालपा विकास बैंकमा कसको चलखेल ?
New Office

काठमाण्डौ । सेयर बजारमा न्यून कित्ता भएकै कारण खेलाडीहरुले कुनै पनि कमजोर कम्पनीको मूल्य कसरी बढाउँछन् भन्ने उदाहरण धेरै छन् ।  

वित्तीय रुपमा कमजोर कम्पनी भए पनि थोरै कित्ता भएकै कारण निश्चित खेलाडीहरुले खेलाएर बिना कारण र आधार रकेटको गतिमा सेयरमूल्य बढाइरहेको एउटा नयाँ कम्पनी हो सालपा विकास बैंक ।  

सालपा विकास बैंक एक जिल्ले बैंक हो । यो बैंक खोटांग जिल्लामा मात्र सीमित छ । हाल खोटाङका विभिन्न ६ वटा स्थानमा यसको शाखा सञ्जाल सीमित छ । 

यो कम्पनीको पछिल्लो वित्तीय अवस्था ठीक छैन । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरणलाई केलाउँदा मुख्य सूचकहरु नै सन्तोषजनक छैन । सेयर बजारका लगानीकर्ताहरुले सबैभन्दा बढी ध्यान दिने वार्षिकीकृत वितरणयोग्य मुनाफा नेगेटिभ छ । बैंक खूद नोक्सानीमा छ भने यसको प्रतिसेयर आम्दानी पनि नेगेटिभ छ ।  

यो बैंकको कुल चुक्तापूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको छ । यसरी आधा अर्बभन्दा बढी चुक्तापूँजी भएको यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ४ लाख बढी खूद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो बैंकले १३ लाख ९२ हजार नोक्सानी व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा नोक्सानी तीव्र गतिमा बढेको देखिन्छ ।

बैंकको प्रतिसेयर वितरणयोग्य घाटा ४.६९ प्रतिशत रहेको छ ।  

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो बैंकको खूद ब्याज आम्दानी ३ करोड ६५ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ करोड ८१ लाखमा खुम्चिएको छ ।  

यो कम्पनीको रिटेन अर्निङ र सञ्चालन आम्दानी समेत नेगेटिभ रहेको र गत वर्षको भन्दा झन् झन् भयावह हुँदै गएको समेत देखिन्छ ।  

लगानीकर्ताहरुले सबैभन्दा बढी हेर्ने वार्षिकीकृत प्रतिसेयर घाटा समेत गत वर्षकोभन्दा झनै बढेको देखिन्छ । उदाहरणका लागि गत वर्षको दोश्रो त्रैमाससम्म ४० पैसाले नेगेटिभ रहेको इपीएस यो वर्ष अझ बढेर १ रुपैयाँ ९९ पैसाले नेगेटिभ रहेको देखिन्छ । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म यो बैंकको रिटर्न अन इक्वीटी ०.३९ प्रतिशतले नेगेटिभ रहेकोमा यो वर्ष बढेर १.९७ प्रतिशतले नेगेटिभ रहेको देखिन्छ ।  

यस्तै, अघिल्लो वर्ष रिटर्न अन एसेट ०.०९ प्रतिशतले नेगेटिभ रहेकोमा यो वर्ष ०.५० प्रतिशतले नेगेटिभ रहेको छ ।  

यो बैंकको एउटै राम्रो पक्ष भनेको खराब कर्जामा देखिएको सामान्य सुधार मात्र हो । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ५.७१ प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात घटेर ४.९२ प्रतिशतमा सीमित रहेको देखिन्छ ।  

यो बैंकको प्रतिसेयर नेटवर्थ १०१.३१ रुपैयाँ, पूँजीकोष अनुपात ३७.०७ प्रतिशत, तरलता अनुपात ४१.४६ प्रतिशत रहेको देखिन्छ ।  

सेयरमूल्यमा लगातार सर्किट !

सालपा विकास बैंकको सेयर कारोबार २०२६ फेब्रुअरी १६ देखि दोश्रो बजारमा कारोबारमा आएको थियो ।  

पहिलो कारोबार ३०० रुपैयाँबाट भएकोमा त्यसपछि दैनिक अपर सर्किट लाग्दै यो बैंकको सेयरमूल्य बढेर अहिले-मंगलबारसम्म) १८४८.१० रुपैयाँ पुगिसकेको छ ।  

कारोबार खुलेदेखि हालसम्म सालपा विकास बैंकको १८ वटा कारोबार दिनमध्ये सबैमा अपर सर्किट लगाइएको छ ।  

यो कम्पनीको दोश्रो बजारमा १७ लाख २३ हजार ८८० कित्ता-३३ प्रतिशत) साधारण सेयर सूचिकृत छ ।  

यस्तै, ३५ लाख कित्ता-६७ प्रतिशत) संस्थापक सेयर सूचिकृत छ।  

हाल कम्पनीको कुल बजार पूँजीकरण ९ अर्ब ६५ करोड ४२ लाख ५२ हजार ६२८ रुपैयाँ पुगिसकेको छ ।

हाल दोश्रो बजारमा कारोबारमा रहेका साना विकास बैंकमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य २२०० माथि, नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता १५०० हाराहारी, ग्रीन डेभलपमेन्ट बैंकको प्रतिकित्ता १२०० रुपैयाँ हाराहारी रहेको छ । यसरी हेर्दा विकास बैंकको दोश्रो महंगो स्क्रिप्टको रुपमा सालपा विकास बैंक उक्लिएको छ । पहिलो स्थानमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंकको अवस्था पनि वित्तीय रुपमा जर्जर नै छ । यो स्क्रिप्ट पनि खेलाडीहरुले नै माथि उचालेको सेयर हो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X