सूर्यकुण्ड हाईड्रोले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरुका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

