सूर्यकुण्ड हाइड्रोको ११ मेगावाट आयोजना ठप्प, साढे ७ करोड आम्दानी गुम्ने अनुमान
काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना लामो समयदेखि विद्युत उत्पादन तथा निकासी गर्न नसक्ने अवस्थामा पुगेको छ। पहिरोका कारण प्रसारण लाइन अवरुद्ध भएको अवस्थामा पछिल्लो आकस्मिक बाढीले त्रिशूली–३बी हब सबस्टेसनमै क्षति पुर्याएपछि आयोजनाको विद्युत उत्पादन पुनः सञ्चालन अनिश्चित बनेको हो।कम्पनीले...

