याम्बालिङ्ग हाइड्रोपावर ५ करोड ३३ लाख घाटामा, आईपीओ निष्कासन खर्च ६२.९६ लाख
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड घाटामा गएको छ । खर्च बढ्दा कम्पनी गत आवको चौथो त्रैमाससम्म ५ करोड ३३ लाख रुपैयाँ खुद घाटामा गएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ९२ लाख रुपैयाँ खुद नाफामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीबाट १५ करोड ६३ लाख आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १८...

