मंगलवार, श्रावण २६,२०८३ 11:09:53
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 11:09:53
Bizshala
Global IME Bank Limited

याम्बालिङ्ग हाइड्रोपावर ५ करोड ३३ लाख घाटामा, आईपीओ निष्कासन खर्च ६२.९६ लाख

Prabhu Bank Limited
याम्बालिङ्ग हाइड्रोपावर ५ करोड ३३ लाख घाटामा, आईपीओ निष्कासन खर्च ६२.९६ लाख
New Office

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड घाटामा गएको छ । खर्च बढ्दा कम्पनी गत आवको चौथो त्रैमाससम्म ५ करोड ३३ लाख रुपैयाँ खुद घाटामा गएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ९२ लाख रुपैयाँ खुद नाफामा थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीबाट १५ करोड ६३ लाख आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १८ करोड १ लाख आर्जन गरेको छ ।

यस अवधिसमा कम्पनीको खर्च बढेको छ । कम्पनीको कुल खर्च ७ करोड ३८ लाखबाट बढेर ८ करोड ३६ लाख पुगेको छ । कुल खर्चमा कर्मचारी खर्च २१ लाख ९९ हजार, प्रशासनिक खर्च ७२ लाख ४० हजार, ह्रासकट्टी खर्च ६ करोड ७९ लाख र आईपीओ निष्कासन खर्च ६२ लाख ९६ हजार रहेको छ ।

७० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिजर्भ ४ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.६२ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९३.४७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६५.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७३ गुणाले ऋणात्मक र तरलता अनुपात ०.२५ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X