काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसका साथै सोही बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत सो बैठकले गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात उक्त वित्तीय विवरण अुमोदनका लागि बैंकको आगामी साधारण सभामा पेश गरिनेछ ।