शुक्रबार, असार २६,२०८३ 12:42:43
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 12:42:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशियाको सेयरमूल्यमा बाउन्सब्याक, अफवाहको प्रभाव हराउन थालेको संकेत

Laxmi Sunrise Bank Limited
एनआईसी एशियाको सेयरमूल्यमा बाउन्सब्याक, अफवाहको प्रभाव हराउन थालेको संकेत

काठमाण्डौ । दुर्गा प्रसाईं लगायतका केही अराजक समूहले फैलाएको हल्लाका कारण केही दिन घटेको एनआईसी एशिया बैंकको सेयरमूल्य आइतबार भने बढेको छ ।  

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आई २२५ कम्पनीको सेयरमूल्य घट्दा एनआईसी एशियासहित २१ कम्पनीको मूल्य भने बढेको देखिएको हो ।  

एनआईसी एशिया बैंकका अधिकारीहरुले आइतबारको बजार मूल्य बढोत्तरीलाई अफवाह फैलाउने प्रयास विफल भनेको भनेर टिप्पणी गरेका छन् । 

New Office
CG Motors
Garima Development Bank

यो दिन एनआईसी एशिया बैंकको सेयरमूल्य ११ रुपैयाँ(२.२५ प्रतिशत)ले बढेर प्रतिकित्ता ४४४ रुपैयाँमा फर्किएको छ । यो दिन एनआईसी एशिया बैंकको १३ करोड ६५ लाख ६४ हजार बढीको सेयर किनबेच भएको छ ।  

यो दिन मूल्य बढेका कम्पनीमध्ये २ वटा वाणिज्य बैंक मात्र पर्न सफल भए । ती दुईमध्ये एनआईसी एशियाको मूल्य २.२५ प्रतिशतले बढ्यो भने सिद्धार्थ बैंकको ०.५८ प्रतिशतले मात्र बढ्यो ।

अन्य १७ वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुको लहरै मूल्य घट्दा एनआईसी एशियामा भने खरीदचाप देखिएको छ । यसको अर्थ मूल्य घटेको बेला यो कम्पनीको सेयर थुपारेर राम्रो रिटर्न पाइने आशामा लगानीकर्ताहरुले खरिदारी बढाएको देखिन्छ ।  

गत साता यो कम्पनीको सेयरमूल्य घटेर प्रतिकित्ता ४३३ रुपैयाँमा सीमित बन्न पुगेको थियो । एकमहिना अगाडि बंैकको दोश्रो बजार मूल्य प्रतिकित्ता ४९६ रुपैयाँ रहेको थियो ।  

आइतबारको बढोत्तरीले एनआईसी एशिया बैंकको सेयरमूल्य बाउन्सब्याक हुन सुरु गरेको अनुमान लगाउन सकिन्छ । नेप्सेमा गिरावट आउँदा समेत बढ्न सकेको एनआईसीको सेयर बजारमा सुधार भएको खण्डमा अझ माथि जानसक्ने विश्लेषकहरु बताउँछन्।

जानकारहरुका अनुसार एनआईसी एशियाको बिषयमा पछिल्लो समय फैलिएको अफवाह, दुर्गा प्रसाई लगायत अराजकहरुबाट निक्षेप झिक्न भन्दै भएको आह्वान लगायतका कारणले सेयरधनी डराएर सेयर फाल्ने क्रम बढेको थियो । तर त्यसरी फैलिएका(फैलाइएका) भ्रमहरु कम हुन थालेपछि सेयरमूल्य पुनः लयमा फर्किन थालेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.