काठमाण्डौ । उत्तर कोरियाका ह्याकरले यो वर्ष १.३ अर्ब डलरबराबरको क्रिप्टोकरेनसी चोरी गरेका छन् । जुन यो वर्ष विश्वभर चोरी भएको तुलनामा आधि हो ।
रसर्च कम्पनी ‘चेन एनालिसिसका अनुसार यो वर्ष विश्वभर २.२ अर्ब डलरबराबरको क्रिप्टोकरेन्सीको चोरी भएको छ । उत्तर कोरियाका ह्याकरले यस वर्ष चोरी गरेको क्रिप्टोकरेनसी गत वर्षको तुलनामा दोब्बर हो । यस वर्ष बिट्क्वाइनको मूल्यमा आएको उछालका कारण चोरी भएको रकम बढी देखिएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन भएसँगै बिट्क्वाइनको मूल्य दोब्बरले वृद्धि भईसकेको छ । समग्रमा यो वर्ष ह्याकरहरुले चोरीको बिट्क्वाइनको परिमाण गत वर्षको तुलनामा २१ प्रतिशतले बढेको छ । तर यो परिमाण सन् २०२१ र २०२२ को तुलनामा भने कम नै हो ।