आईतवार, भाद्र ८,२०८२ 09:28:09
  • आईतवार, भाद्र ८,२०८२ 09:28:09
Global IME Bank Limited

ओभर सोल्ड नजिक पुगेको बजारमा कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
ओभर सोल्ड नजिक पुगेको बजारमा कति–कतिमा छ अबको सपोर्ट ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भयो । कारोबारको पहिलो प्रहरमा बढेर कारोबार भएको बजारमा बाँकी तीन घण्टामा बिक्री दबाब देखियो । कारोबार तथा भोल्यूमबाट नियाल्दा आज अघिल्लो कारोबारको तुलनामा बढेको देखिन्छ ।  

मूभिङ एभरेजबाट नियाल्दा आज बजार ५० दिने मूभिङ एभरेजबाट पनि तल खसको छ । अब बजारले २०० दिने मूभिङ एभरेज २७०२ आसपासमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्ड र लोअर ब्याण्ड टाढिएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसले बजारमा उतारचढाव रहेको बुझिन्छ । म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएआई ओभर सोव्ड जोन ३७ को तहमा पृुगेको छ । घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल पनि जान सक्छ । क्याण्डल स्टिकबाट नियाल्दा बजारले वियरिस यात्रा नै देखिन्छ ।  

हालसम्म बजार रिभर्सलका कुनै पनि संकेत देखिदैन् । आज २७३९ को विन्दुमा बन्द भएको बजार आगामी दिनमा थप घट्छ भने दोस्रो सपोर्ट २७२५ र तेस्रो सपोर्ट २६९४ को विन्दुमा रहन सक्छ । त्यसैगरि, बढेमा पिभट् प्वइन्ट २७७२ , २७८८ र २८१९ मा प्रतिरोध लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.