काठमाण्डौ । यो साता पनि उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी परेका छन् ।
यो साता सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छत् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा २७.१७ प्रतिशत आम्दानी गरेका छन् ।
यस्तै उपकार लघुवित्तका लगानीकर्ताहरुले १३.२६ प्रतिशत,सामूदायिक लघुवित्तका लगानीकर्ताहरुले १२.४७ प्रतिशत, जोशी हाइड्रोका लगानीकर्ता्ले ११.०९ प्रतिशत, भूगोल इनर्जीका लगानीकर्ताले ८.८९ प्रतिशत ,सिक्लेश हाईड्रोका लगानीकर्ताले ७.४१ प्रतिशत, चिरख्वा हाईड्रोका लगानीकर्ताले ४.७५ प्रतिशत र मेन्छियाम हाइड्रोका लगानीकर्ताले ४.३२ प्रतिशत कमाएका छन् ।
यस्तै जानकी फाइनान्सका लगानीकर्ताले ३.२२ प्रतिशत, कुमारी सबल योजनाका लगानीकर्ताहरुले २.९५ प्रतिशतले आम्दानी गरेका छन् ।