काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बौद्रमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि कम्पनीको २१ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ५.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गर्ने, चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ३ जना संस्थापक समूहका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।