काठमाण्डौ । युनिलिभर नेपालको ब्राण्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ । क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठूलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको जनाएको छ ।
क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगिहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास कम्पनीले लिएको छ ।
यसै समारोहका बीच युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन्, ‘क्लोजअप सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’
भ्वाइस अफनेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ ।
यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरु उजागर गर्नेछ ।