मंगलवार, माघ २२,२०८१ 10:27:45
IME remit
  • मंगलवार, माघ २२,२०८१ 10:27:45
IME remit
Global IME Bank Limited

थोरै-थोरै बचतबाट करोडपति बनाउँछ एनआईसीको डाइनामिक डेब्ट फण्डले, कसरी गर्ने लगानी ?

Hyundai Nepal
थोरै-थोरै बचतबाट करोडपति बनाउँछ एनआईसीको डाइनामिक डेब्ट फण्डले, कसरी गर्ने लगानी ?
Nabil Bank Limited
  • मनिष सोती

काठमाण्डौ । सामान्यतया कम्तीमा आम्दानीको २० प्रतिशत रकम भएपनि बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर जसको तलब पहिले नै थोरै छ र काँधमा समेत ठूलो जिम्मेवारी छ, उनीहरुलाई कति खर्च गर्ने र कति बचत गर्ने भन्ने कुरामा सधैं अन्यौल पर्नसक्छ।  

विज्ञहरुकाअनुसार अब बचतले मात्रै तपाईको सम्पत्ति तथा रकमलाई बलियो बनाउँदैन । बचतसँगै आम्दानीको केही प्रतिशत रकम भएपनि लगानीतर्फ लैजानुपर्नेमा धेरैको सहमति छ । यदि लामो समयसम्म निरन्तर बचत र लगानी गरिरहनुहुन्छ भने तपाईले बचत तथा लगानीबाट पनि प्रतिफलको रुपमा ठूलो पैसा कमाउन सक्नुहुन्छ ।  

यदि तपाई आफ्नो रकम सुरक्षित बचत वा लगानी गर्न खोज्दै हुनुहुन्छ भने लगानीका लागि विभिन्न माध्यमहरु हुनसक्छन् । यदि सेयरबजार वा धितोपत्रमा लगानी गरी वा बैंक तथा मर्चेन्ट बैंकहरुले ल्याएको विभिन्न योजनामा सहभागी बनेर लगानी गर्न चाहानुहुन्छ भने यस्ता क्षेत्रमा दीर्घकालीन लगानी गर्दा उपयुक्त हुनसक्छ ।  

दीर्घकालीन लगानी गर्दा समयसँगै अधिक लाभ प्राप्त गर्ने सम्भावना बढी हुन्छ र लगानीकर्ताले दीर्घकालीन लगानीमा आफ्नो लगानी सुरक्षित गर्नुका साथै बढीभन्दा बढी लाभांश पाउने सम्भावना रहन्छ । दीर्घकालीन लगानीका क्रममा लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्, जसका कारण अतिरिक्त आम्दानीको स्रोत सिर्जना हुन्छ । साथै कतिपय देशहरुमा दीर्घकालीन लगानीमा करको लाभ पनि पाइन्छ । छोटो अवधिका लागि लगानी गर्दा उच्च करको दर लाग्नसक्छ, तर दीर्घकालीन लगानीमा भने यस्तो करको दर कम हुनसक्छ ।  

बजारमा अहिले मर्चेण्ट बैंकरहरुले १ हजार रुपैयाँ समेत बचत तथा लगानी गर्न सकिने सिस्टम ल्याएका छन् । सबैको आम्दानी एकै प्रकारको नहुने भएकाले आम्दानीअनुसारको रकम बचत तथा लगानी गर्न उचित माध्यम भनेको नै सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी) हो । 

Bizshala
CG Motors
Sagarmatha Cement

थोरै–थोरै रकम बचत गर्न वा लगानीलाई प्रोत्साहन गर्न नेपालमा सञ्चालित केही मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजना सञ्चालन गर्दै आइरहेका छन् ।  

‘एसआईपी’ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानको सर्ट फर्म हो । यो एक व्यवस्थित लगानी योजना हो । एसआईपी प्लान खुलामुखी म्युचुअल फण्ड संचालन गरेका मर्चेण्ट बैंकहरुले संचालन गर्ने एक योजना हो । सुन्दा नयाँ लागेपनि एसआइपी भनेको खुलामुखी म्युचुअल फण्डभित्रकै एउटा स्किम वा फिचर्स हो ।  

विशेषगरी साना लगानीकर्तालाई मध्यनजर गर्दै मर्चेन्ट बैंकहरुले बजारमा एसआइपी योजना ल्याएका हुन् । लामो समयका लागि लगानी गर्न चाहनेहरुका लागि एसआइपी योजना लाभदायी हुनसक्छ । आफ्नो लगानी स्थिर राख्न र निरन्तर प्रतिफल प्राप्त गर्न एसआइपीमा लगानी गर्दा उचित हुने मर्चेन्ट बैंकरहरु दाबी गर्छन् ।  

मर्चेन्ट बैंकहरुले एसआइपीबापत उठेको रकम आफूले सञ्चालन गरेको खुलामुखी सामूहिक लगानी कोषमा लगानी गर्छन् । बजारमा म्युचुअल फण्डहरु खरिद गर्दा ठूलो रकम चाहिनसक्छ । तर एसआइपीले सानो रकमलाई जम्मा गरी त्यस रकम बराबरको सामूहिक लगानी योजना खरिद गर्ने गर्छ । यसर्थ एसआइपी छुट्टै योजना भने होइन, यो म्युचुअल फण्डमै लगानी गर्ने एक माध्यम हो ।  

बजारमा निकै प्रतिस्पर्धीको रुपमा देखिएको एनआइसी एशिया क्यापिटल लिमिटेडले पनि दुई वर्षअघिदेखि नै एसआइपी ल्याएको छ । जसअन्तर्गत क्यापिटलले खुलामुखी योजना ‘एनआइसी एशिया डायनामिक डेब्ट फण्ड’मा लगानी गर्दछ ।  

फण्डले सूचीकृत सेयर, ऋणपत्र र सूचीकृत नभएको सेयर तथा बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको हुन्छ । त्यसबाट प्राप्त प्रतिफलकाअनुसार फण्डले आफ्ना इकाईधनी वा एसआइपीमा लगानी गर्ने लगानीकर्तालाई वार्षिक उत्कृष्ट प्रतिफल दिंदै आइरहेको छ ।  

एनआइसी एशिया डायनामिक डेब्ट फण्डको चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा सूचीकृत सेयरमा २७ करोड ८४ लाख रुपैयाँ बराबरको लगानी छ भने ऋणपत्रमा ३१ करोड ६३ लाख रुपैयाँ लगानी रहेको छ ।  

साथै सूचीकृत नभएको सेयरमा भने ४३ लाख ३१ हजार रुपैयाँ र मुद्दती निक्षेपमा ८ करोड ७० लाख रुपैयाँ गरी फण्डको कुल लगानी ६८ करोड ६१ लाख रुपैयाँ छ । यो लगानी अघिल्लो महिनाको तुलनामा ५.७४ प्रतिशत बढी हो । अघिल्लो महिनासम्म फण्डको कुल लगानी ६४ करोड ८८ लाख रुपैयाँ थियो ।  

यो फण्डको कुल सम्पत्ति ९३ करोड ८० लाख ८८ हजार रुपैयाँ रहेको छ । असोज महिनाको तुलनामा उक्त फण्डको कुल सम्पत्ति ३.९३ प्रतिशत बृद्धि भएको छ । असोजमा एनआइसी एशिया डायनामिक डेब्ट फण्डको कुल सम्पत्ति ९० करोड २६ लाख ४८ हजार रुपैयाँ थियो ।  

फण्डले निश्चित आम्दानी वा प्रतिफल आउने सेक्टरमा मात्रै लगानी गरी आफ्ना इकाइधनीलाई उत्कृष्ट प्रतिफल बाँड्दै आइरहेको एनआइसी एशिया क्यापिटलका चिफ मर्चेन्ट बैकिङ्ख अफिसर कम्प्लायन्स÷एएमएल दामोदर रायमाझीले बताए ।  

‘एसआइपीमार्फत हामीले लगानीकर्ताबाट बचत वा लगानी भएको रकम एनआइसी एशिया डायनामिक डेब्ट फण्डमा लगानी गरेका हुन्छौं, जुन यो फण्डले आम्दानी हुने क्षेत्रमा मात्रै लगानी गरी त्यसबाट प्राप्त प्रतिफल इकाईधनी वा एसआइपीमा लगानी गरेका लगानीकर्तालाई वर्षेनी उत्कृष्ट रिटर्न दिइरहेका छौं’ उनले भने, ‘डायनामिक डेब्ट फण्डले फिक्स्ड डिपोजिट र २० देखि ४० प्रतिशतसम्म रकम इक्विटीमा लगानी गरेको छ, जसको रिटर्न अप नै देखिन्छ ।’

लगानीकर्ताले नियमित लाभांश प्राप्त गर्न र आफ्नो लगानी समेत सुरक्षित राख्न एनआइसी एशिया क्यापिटलको एसआइपीमा लगानी गर्दा उचित हुने उनी बताउँछन् । ‘एसआइपीमा नै लगानी किन गर्ने त भन्ने विषयमा यो पावर अफ कम्पाउन्डिङ हो, जसमा लगानीकर्ताले आफ्नो लगानीबाट केही प्रतिशत भएपनि प्रतिफल घुमफिर गरी अवश्य पाउने नै छन्’ उनले भने, ‘एसआइपी सुरु गरेको दुई वर्ष बढी भइसक्यो हामीले ओभरअलमा लगानीकर्तालाई १० प्रतिशत रिटर्न दिइरहेका छाँैं, जुन यो सेक्टरमा उत्कृष्ट नै हो ।’

एनआइसी एशिया क्यापिटलले हाल फण्ड रकमको ८० प्रतिशत स्थिर लगानी उपकरण (डिबेञ्चर, एफडी लगायत)हरुमा लगानी गरेको छ भने २० प्रतिशत रकम सूचीकृत सेयरमा लगानी गरेको छ । एसआइपीअन्तर्गत डायनामिक डेब्ट फण्डमा लगानी गर्दा कम जोखिम हुने रायमाझी दाबी गर्छन् । ‘एसआइपीमा लगानी गर्दा स्टक मार्केटमा सेयरभाउ वा इकाईमूल्य घटेजस्तो जोखिम हुँदैन, आफ्नो लगानी सुरक्षित हुनुका साथै वर्षेनी लाभांश समेत प्राप्त हुन्छ’ उनले भने, ‘साथै दोस्रो बजारबाट फण्डको इकाई खरिद गर्न धेरै रकम चाहिन्छ, तर एसआइपीमार्फत जोडिँदा न्यूनतम हजार रुपैयाँबाट सुरु गर्न सक्नुहुनेछ, यसर्थ यो ‘लो मनि फर लङ टर्म इन्भेष्टमेन्ट’का लागि उपयुक्त छ ।’

साथै एसआइपीमार्फत लगानी गर्दा प्राप्त लाभांश रकम लगानीकर्ताले सोझै लिन वा सो रकम बराबरको सम्बन्धित फण्डको इकाईमै पुनःलगानी गर्न सकिने रायमाझीले बताए ।  

‘एसआइपीमार्फत लगानी गर्दा लगानीकर्ताले लाभांश र पुनः लगानी दुईवटा विकल्प रोज्न पाउनुहुनेछ’ उनले भने, ‘लगानीकर्ताले फण्डबाट प्राप्त लाभांश सोझै आफ्नो सम्बन्धित खातामा प्राप्त पनि गर्न सक्नुहुनेछ र सोही लाभांश रकमबराबरको थप इकाई लिन अर्थात पुनः लगानी पनि गर्न सक्नुहुनेछ ।’

रायमाझीका अनुसार कुनै एक लगानीकर्ताको उक्त योजनाको इकाईमा १० हजार रुपैयाँ लगानी छ भने फण्डले दिएको १० प्रतिशत लाभांशको आधारमा उक्त लगानीकर्ताले १००० रुपैयाँ लाभांश पाउनेछन् र सोही रकमलाई पुनः लगानी गर्न चाहेको खण्डमा यदि फण्डको न्याभ १० रुपैयाँ रहेको छ भने उक्त लगानीकर्ताको पोर्टफोलियोमा १० इकाई प्लस हुन जान्छ । 

Muktinath Bikas Bank Limited

एसआइपीमार्फत डायनामिक डेब्ट फण्डमा नै लगानी किन ?

एसआइपी एक व्यवस्थित लगानी योजना भएकाले यसबाट लगानी गर्दा आफ्नो लगानी सुरक्षित हुने रायमाझी बताउँछन् । ‘एसआइपी मुख्यतः दीर्घकालीन लगानीमा केन्द्रीत छ, साथै यो एक व्यवस्थित लगानी योजना भएकाले लगानीकर्ताको लगानी सुरक्षित हुन्छ’ उनले भने, ‘थोरै–थोरै रकम जम्मा भई लगानी समेत हुने उद्देश्यले एसआइपी आएको हो, जसमा लगानीकर्ताले सिस्टमेटिक वेमा इन्भेष्टमेन्ट गर्ने वातावरण बन्छ ।’

साथै डायनामिक डेब्ट फण्डमा लगानी गर्दा बढी प्रतिफल पाउन सकिने रायमाझी दाबी गर्छन् । ‘एसआइपीमार्फत डायनामिक डेब्ट फण्डमा लगानी गर्दा यसबाट उत्कृष्ट लाभांश पाउनेछन्, हामीले आ.ब. २०८०–८१ मा उक्त फण्डमार्फत इकाईधनी वा लगानीकर्तालाई १० प्रतिशत लाभांश दिएका छौं जुन यो सेक्टरमा उत्कृष्ट लाभांश हो’ उनले भने, ‘यो फण्डको लगानीको अवस्थासँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य समेत १० रुपैयाँभन्दा बढी छ । यसकारण लो रिस्क र रेगुलर डिभिडेन्डका लागि यो फण्ड नै उत्कृष्ट छ ।’

साथै यो फण्ड इक्विटी र मनि मार्केट भएकाले इक्वेल डिभिडेन्ड खानका लागि लगानीकर्ताहरु यसमा जोडिँदा पछुताउन नपर्ने उनको तर्क छ । ‘नेपाली लगानीकर्ताहरुमा चाँडो–चाँडो रिटर्न पाउन खोज्ने वा हतार गर्ने बानी छ, कुनै पनि सेक्टरमा लगानी गरेपछि प्रतिफल पाउन समय लाग्छ, छोटो समयमा नै रिटर्न पाउने सेक्टरमा लगानी गर्दा त्यसमा प्रतिफल कम र जोखिम बढी हुन्छ’ उनले भने, ‘एसआइपीमार्फत लगानी गर्दा कम्तीमा पनि २० देखि २५ वर्षसम्मका लगानी गर्दा पछि लगानीकर्ताले नसोंचेको रिटर्न पाउन सक्नुहुनेछ ।’

‘एफडीमा भन्दा एसआइपीमा लगानी गर्नु उचित’

एसआइपीमार्फत एनआइसी एशिया डायनामिक डेब्ट फण्डमा जोडिँदा मुद्दति निक्षेपमा लगानी गरेभन्दा बढी प्रतिफल पाइने रायमाझीले दाबी गरे । सामान्यतया एफडीको रेटभन्दा एसआइपीमा गरेको लगानीको रिटर्न रेट बढी भएको उनको तर्क छ ।  

‘पछिल्लो समय बैंकहरुको एफडीको ब्याजदर घट्दो अवस्थामा छ, यदि लगानीकर्ताले ठूलो रकम मात्रै एफडीमा राख्दा केही प्रतिशत ब्याजको रुपमा प्रतिफल पाउँछन्’ उनले भने, ‘एसआइपी त्यस्तो प्ल्याटफर्म हो जहाँ लगानीकर्ताले हजार रुपैयाँदेखि आफूले चाहेजति रकम लगानी गर्न सक्नेछन् र यसबाट हामीले वर्षेनी १० प्रतिशतका दरले रिटर्न समेत दिनेछौं।’

नेपालमा एनआइसी एशिया डायनामिक डेब्ट फण्ड पहिलो नेचरको फण्ड रहेको उनको दाबी छ । ‘मार्केटमा ओपन इन्डेन्ड फण्डहरु छन् तर यो प्रकृतिको फण्ड एनआइसी एशिया क्यापिटलको पहिलो फण्ड हो’ उनले भने, यो फण्ड बढी मनि मार्केटतिर केन्द्रीत छ, यसकारण यसमा लगानी गर्दा मध्यम प्रतिफलसँगै रिस्क कम छ ।’

एसआईपीमा लगानी गर्ने प्रक्रिया  

एनआइसी एशिया क्यापिटलको एसआईपीमा लगानी गर्न चाहाने लगानीकर्ताहरुले कम्पनीमा गई वा सोझै वेबसाइटमार्फत नै फर्म भर्न सक्नेछन् । उक्त फाराममा डिम्याट खाताकै विवरण, बैंकको विवरण र मासिक वा त्रैमासिक रुपमा कति रकम बराबरको एसआईपी गर्ने हो उल्लेख गर्नुपर्नेछ ।  

एसआईपीमा लगानी गर्दा कुनै शुल्क तिर्नुपर्दैन । फारम भर्दा लगानी रकम र महिनाको कति गते लगानी रकम भुक्तानी गर्ने भन्ने खुलाउनुपर्नेछ । एनआइसी एशिया अनुसार लगानी गर्नुअघि निश्चित अवधिसम्म लगानी गर्ने र अनिश्चित समयसम्म लगानी गर्ने भन्ने खुलाउन सकिनेछ ।  

साथै मासिक रुपमा लगानी गर्ने रकम क्यापिटलका विभिन्न शाखामा गई वा सोझै कनेक्ट आइपीएस, ई–सेवा, खल्तीमार्फत समेत भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.