काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै गत असोज १६ गते सम्पन्न २४ औं वार्षिक साधारणसभाबाट पारित ४ प्रतिशत बोनस सेयर पुस २ गतेदेखि सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।
कम्पनीले उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएस एण्ड क्लियरीङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको जनाएको छ ।
कम्पनीले बुक क्लोजको मितिसम्म कायम भएको सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको हकमा भने अभौतिकीकरण गराएपश्चात क्रमशः जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।