बुधबार, पुष १०,२०८१ 12:47:59
IME remit
  • बुधबार, पुष १०,२०८१ 12:47:59
IME remit
Global IME Bank Limited

नयाँ वर्षको अवसरमा दराजले ल्यायो ‘दराज १.१ न्यू इयर मेगा सेल’ योजना

Hyundai Nepal
नयाँ वर्षको अवसरमा दराजले ल्यायो ‘दराज १.१ न्यू इयर मेगा सेल’ योजना
Nabil Bank Limited

काठमाण्डौ । ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ,१.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगासेल पुस १० गतेदेखि २१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।  

यस मेगासेलमार्फत नयाँ वर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू, र रु. २ करोडबराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्रीलगायत विभिन्न श्रेणीहरूमा रु ४ हजारसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।  

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल,उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्नेमा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्टलगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै,नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

मेगासेल, केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जासमेत लिन सक्नेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्तगर्न सक्नेछन् ः

–११ पुस (बिहीवार)ः एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।

–१२ पुस (शुक्रवार)ः एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १०% छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

–१३ पुस (शनिवार)ः हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

वर्षको अन्त्यमा सबैका लागि केहि न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोध पनि गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.