बिहीबार, पुष ११,२०८१ 06:58:23
IME remit
  • बिहीबार, पुष ११,२०८१ 06:58:23
IME remit
Global IME Bank Limited

कम्पनीहरुलाई साधारण सभाको चटारो, एकै महिनामा ७२ वटाले आयोजना गर्दै

आधाले मात्रै राखे लाभांश प्रस्ताव

Hyundai Nepal
कम्पनीहरुलाई साधारण सभाको चटारो, एकै महिनामा ७२ वटाले आयोजना गर्दै
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ७२ वटा कम्पनीको वार्षिक साधारण सभा पुष महिनामा बस्दैछ । अधिकांश कम्पनीहरुको वित्तीय वर्ष (लेखा वर्ष)कात्तिक महिनामा सकिने हुँदा वार्षिक लेखा परीक्षण तथा वित्तीय अवस्थाको लेखाजोखाको नतिजा प्रस्तुत गर्न पुष महिनामा वार्षिक साधारण सभा आह्वान गर्ने गर्दछन् ।  

नेप्सेमा सूचीकृत कम्पनीहरुले वित्तीय वर्षको समाप्ती ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । पुष महिनामा सूचीकृत कम्पनीहरुले विभिन्न प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेका छन् ।  

तर, सूचीकृत कम्पनीको साधारण सभामा विशेषगरी लाभांश सम्बन्धि प्रस्ताव लगानीकर्ताको लागि चासोको विषय हुन्छ । कुन कम्पनीले कति प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्दैछ वा यस्ता खालका प्रस्ताव राखेको छैन भन्ने विषय लगानीकर्ताको लागि चासो हुन्छ ।  

सूचीकृत कम्पनीहरुमा बैंक वित्तीय संस्था, लगानी समूहका कम्पनी, हाइड्रोपावर कम्पनी र उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले पुष महिनामा धमाधम वार्षिक साधारण सभा डाकेको छ । ७२ वटा कम्पनीमध्ये अधिकांश कम्पनीले लाभांश सम्बन्धि प्रस्ताव समेत रोखका छन् भने केही कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने प्रस्ताव मात्रै राखेर सभा आह्वान गरेका छन् ।  

साधारण सभा आह्वान गर्ने कम्पनीहरुमा अधिकांश हाइड्रो कम्पनीहरु छन् । तर अधिकांश हाइड्रो कम्पनीले नै लाभांश सम्बन्धि प्रस्ताव सभामा राखेका छैनन् ।

Bizshala
Shivam Cement
CG Motors

३६ कम्पनीको लाभांश प्रस्ताव  

साधारण सभा आह्वान गरेका ७२ कम्पनीमध्ये जम्मा ३६ वटा कम्पनीले मात्रै लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । प्रस्तावित लाभांश कम्पनीहरुको आ–आफ्नै साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।  

साधारण सभा प्रस्ताव गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, राधी विद्युत कम्पनी, शाइन रेसुङ्गा डेभलपमेन्ट कम्पनी, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त, तारगाउँ रिजेन्सी होटल, लक्ष्मी सनराइज बैंक, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स, बोटलर्स नेपाल (तराई) लिमिटेड, डिप्रोक्स लघुवित्त, सर्वोत्तम सिमेन्ट, मितेरी डेभलपमेन्ट बैंक, कुथेली बुखरी स्मल हाइड्रो, सानिमा माई हाइड्रो, सुर्योदय वोमी लघुवित्त, हिमालयन डिष्टिलरी, ग्रीन भेन्चर्स लिमिटेड, बुटवल पावर कम्पनी, नेपाल टेलिकम र जीवन विकास लघुवित्त रहेका छन् ।

त्यस्तै, सिद्धार्थ बैंक, मन्जुश्री फाइनान्स, माउन्टेन इनर्जी, मिथिला लघुवित्त, नागरिक लगानी कोष, श्री इन्भेष्टमेन्ट फाइनान्स, शिवम् सिमेन्ट्स, आइसीएफसी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, कृषि विकास बैंक, आत्मनिर्भर लघुवित्त, आरएसडीसी लघुवित्त र छिमेक लघुत्तिले पनि साधारण सभाको एजेण्डामा लाभांश प्रस्ताव राखेका छन् ।  

आधा कम्पनीले निराश बनाउँदै लगानीकर्ता  

साधारण सभा आह्वान गरेका ७२ कम्पनीमध्ये आधा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् भने आधाले कुनै खालको लाभांश प्रस्ताव गरेका छैनन् ।  

लाभांश नदिनेमा अधिकांश हाइड्रोपावर कम्पनीहरु छन् । लाभांश सम्बन्धि कुनै एजेण्डा नराखेका कम्पनीहरुमा सिटि होटल, घोराही सिमेन्ट र पिपुल्स हाइड्रोपावरले हकप्रद सेयर सम्बन्धी प्रस्ताव राखेका छन्, भने हिमालयन बैंक लिमिटेडले भने एफपीओ निष्कासनको प्रस्ताव राखेको छ ।  

यसरी लगानीकर्ताको हात रित्तो बनाउने कम्पनीहरुमा रावा इनर्जी, विन नेपाल लघुवित्त, मकर जितुमाया सुरी हाइड्रो, राष्ट्रिय बीमा कम्पनी, माउन्टेन इनर्जी, माथिल्लो मैलुङ खोला जलविद्युत्, एनएमबि बैंक, लिबर्टी इनर्जी, न्यादी हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक, बोटलर्स नेपाल (बालाजु)लि, मुक्तिनाथ कृषि कम्पनी, लक्ष्मी लघुवित्त, अप्पर हेवाखोला हाइड्रो, भिजन लुम्बिनी उर्जा, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, गुहेश्वरी मर्चेन्ट बैंकिङ, कर्पोरेट डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत्, बलेफी हाइड्रोपावर, मिड सोलु हाइड्रो, मल्टीपर्पस फाइनान्स, गुडविल फाइनान्स, मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

२२ कम्पनीको सेयर किन्दा अझै लाभांश पाइने  

लाभांश प्रस्ताव गरेका ३६ कम्पनीमध्ये १४ वटा कम्पनीको साधारण सभा प्रयोजनार्थ बुकक्लोज भइसकेको छ भने २२ वटा कम्पनीको बुकक्लोज हुन बाँकी छ ।  

यसर्थ उक्त कम्पनीहरुको सेयर दोस्रो बजारबाट खरिद गर्दा अझैपनि लाभांश पाउन सकिनेछ । साना किसान विकास लघुवित्तको बुकक्लोज पुष १६ गते हुँदैछ । यसर्थ पुष १४ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले १३।१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

त्यस्तै, लक्ष्मी सनराइज बैंकले ५.२५ प्रतिशत लाभांश, एचआइडीसीएलले ५.२५ प्रतिशत नगद लाभांश, बोटलर्स नेपाल (तराई)लिले ५० प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्तले १० प्रतिशत, सर्वोत्तम सिमेन्टले १० प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत,  सुर्योदय वोमी लघुवित्तले ६.९६ प्रतिशत, हिमालयन डिष्टिलरीले १५ प्रतिशत, ग्रीन भेन्चर्स लिमिटेडले १०.५२ प्रतिशत, बुटवल पावरले ५ प्रतिशत नगद लाभांश, नेपाल टेलिकमले ३० प्रतिशत नगद, चिलिमे हाइड्रोपावरले १२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सले १.८६ प्रतिशत, शिवम् सिमेन्ट्सले ९ प्रतिशत, आइसीएफसी फाइनान्सले ५.२६ प्रतिशत नगद, सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत, कृषि विकास बैंकले १०.५३ प्रतिशत, आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत, आरएसडीसी लघुवित्तले १० प्रतिशत र छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।  

यी कम्पनीहरुको बुकक्लोज हुन बाँकी नै छ । लगानीकर्ताहरुले दोस्रो बजारमा यी कम्पनीहरुको सेयर किन्दा अझै लाभांश पाउन सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.