काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी, दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवर्द्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत सेयर कायम गर्ने निर्णय गरेको छ । कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यो लगानीका लागि कम्पनीको २१औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको थियो ।