बुधबार, माघ २३,२०८१ 09:35:12
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:35:12
IME remit
Global IME Bank Limited

संगिता बराल २०२५ का लागि एमडीआरटी क्वालिफाइड, ह्याट्रिक हान्न सफल

Hyundai Nepal
संगिता बराल २०२५ का लागि एमडीआरटी क्वालिफाइड, ह्याट्रिक हान्न सफल
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सकी अभिकर्ता संगिता बराल लगातार तीनपटक मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) बनेर ‘ह्याट्रिक’ हानेकी छिन् । उनी ‘एमडीआरटी २०२५’ का लागि क्वालिफाइड भएकी हुन्, जुन यो उनको तेस्रो क्वालिफाइड सफलता हो ।  

उनले छोटो समयमा नै तोकिएको बीमाशुल्क संकलन गरी एमडीआरटी क्वालिफाइड बनेकी हुन् । बरालले सन् २०२५ का लागि तोकिएको टार्गेट पुरा गरी एमडीआरटी बन्न सफल बनेकी हुन् । यसअघि उनी सन् २०२३ र २०२४ मा पनि एमडीआरटी क्वालिफाइड भएकी थिइन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कामप्रति लगाव र लगनशीलताका कारण नै आज तेस्रोपटक एमडीआरटी क्वालिफाइड बनेर सफलता प्राप्त गरेकी बरालले बताईन् । ‘बीमा क्षेत्रमा प्रवेश गरेको नै तीन वर्ष भयो, यो क्षेत्रमा आएदेखि नै म एमडीआरटी क्वालिफाइड बनेकी छु’ उनले भनिन्, ‘आफ्नो कामप्रति लगाव, मेहनत र धैर्यता हुने हो भने बीमा क्षेत्रमा उज्ववल भविष्य छ ।’

लेकसाइड पोखरा स्थानीय बासिन्दा संगिता हिमालयन लाइफमा यसअघि अर्कै टिममा आबद्ध थिइन् । टिम ‘ग्याल्बिसियस’मा आबद्ध भएपछि उनले थप सफलता प्राप्त गरेकी बताईन् । ‘यसअघि म हिमालयन लाइफको अर्कै टिममा थिए तर आफुले सोचेजस्तो व्यवसाय संकलन गर्न सकेकी थिइन’ उनले भनिन्, ‘टिम ग्याल्बिसियस’मा जोइन भएपछि यो पेशामा थप सफलता पाएकी छु ।’

Muktinath Bikas Bank Limited

महिलाहरुले पनि बीमा क्षेत्रमा गर्न सक्ने उनको भनाई छ । अभिकर्ता पेशा महिलाहरुलाई अझ उपयुक्त अवसर हुन सक्ने कुरामा उनी मान्यता राख्छिन् । ‘बीमा अभिकर्ता पेशा महिलाहरुको लागि उपयुक्त अवसर हो, समयलाई फजुल खर्च नगरी यो क्षेत्रमा लागिपर्ने हो भने धेरै कुराको प्राप्ति हुन्छ’ उनले भनिन्, ‘आफुलाई केही गर्न सक्दिन भन्ने नसोच्नुस्, आफुमा धैर्यता र लगनशीलता हुने हो भने महिलाहरुले पनि बीमा क्षेत्रमा राम्रो गर्न सक्नेछन् ।’

सन् २०२५ का लागि एमडिआरटी योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्छ ।  यसैगरी कोर्ट अफ द टेबल उपाधीका लागि सन् २०२४ मा कुनै अभिकर्ताले व्यक्तिगत व्यापारबाट कूल १ करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमाशुल्क आर्जन गरेको हुनुपर्छ । टप अफ द टेबलका लागि २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । सन् २०२४ का लागि यो रकम जम्मा २ करोड ५० लाख २९ हजार रुपैयाँ रहेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.