काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सञ्चालक र कम्पनी सचिव नियुक्त गरिएको छ । पुस १४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक र कम्पनी सचिव नियुक्त गरेको हो ।
बैठकले रिक्त रहेको सञ्चालक पदमा धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गा.पा–२ निवासी डेनिस खत्रीलाई संस्थापक समूहबाट सञ्चालक नियुक्त गरेको हो ।
यस्तै कम्पनीमा रिक्त रहेको कम्पनी सचिव पदमा सुनसरी जिल्ला इनरुवा न.पा–५ निवासी रञ्जन आर्चायलाई नियुक्ति गरेको कम्पनीले जनाएको छ ।