शुक्रबार, आश्विन २३,२०८३ 08:59:27
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 08:59:27
Bizshala
Global IME Bank Limited

सन् २०२४ मा ११.४७ लाख पर्यटकले गरे नेपाल भ्रमण

Bizshala
सन् २०२४ मा ११.४७ लाख पर्यटकले गरे नेपाल भ्रमण
New Office

काठमाण्डौ । नेपालमा सन् २०२४ मा ११ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक वर्षको अवधिमा नेपालमा आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।  

यो संख्या सन् २०२३ को तुलनामा १४ प्रतिशतले बढी हो । सन् २०२४ मा दैनिक सरदर ३ हजार पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.