काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडकी नवनियुक्त कार्यकारी प्रमुख प्रविन पन्दाकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको गत पुस १४ गतेको निर्णय अनुसार सञ्चालक समितिकी सदस्य पन्दाकलाई प्रबन्ध सञ्चालक नियुक्त गरि चार वर्षका लागि कार्यकारी प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।
पन्दाकले आज पुस १७ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार सम्हालेकी हुन् ।