काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक निशान ढकालको राजीनामा स्वीकृत भएको छ । पुस १६ गते मंगलबारका दिन बसेको कम्पनीको ५३८ औं बैठकले ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
ढकालले गत पुस ११ गते व्यक्तिगित कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी डिडि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधिको रुपमा कम्पनीमा सञ्चालकको रुपमा कार्यतर थिए ।
उक्त कम्पनी सेयरधनीमार्फत नै एक साता भित्रै नयाँ प्रतिनिधि पठाउने जानकारी प्राप्त भएको पोखरा फाइनान्सले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।