बुधबार, आश्विन २८,२०८३ 09:30:16
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:30:16
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफबाट लगातार ७ औं पटक एमडीआरटी बनेका एकमात्र अभिकर्ता रेशम गौतम, १० पटकसम्म बन्ने लक्ष्य

Bizshala
हिमालयन लाइफबाट लगातार ७ औं पटक एमडीआरटी बनेका एकमात्र अभिकर्ता रेशम गौतम, १० पटकसम्म बन्ने लक्ष्य
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता रेशम गौतम लगातार सातौं पटक मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)क्वालिफाइड बनेका छन् । उनी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड बनी लगातार सातौ पटक एमडीआरटीको सफलता प्राप्त गरेका हुन् ।  

लगातार सातौंपटक एमडीआरटी क्वालिफाइड हुने उनी हिमालयन लाइफ इन्स्योरेन्सकै पहिलो अभिकर्ता हुन् । हिमालयन लाइफ इन्स्योरेन्स पोखरा शाखामा कार्यरत गौतम छोटो समयमा नै सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएका हुन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

२०७४ साल साविक युनियन लाइफ इन्स्योरेन्स(हाल हिमालयन लाइफ)बाट बीमा क्षेत्रमा अभिकर्ताका रुपमा प्रवेश गरेका गौतम यो क्षेत्रमा आएदेखि लगातार एमडीआरटी बन्न सफल भएका छन् ।  

उनीसँगै टिमबाट ८ जना एमडीआरटीका लागि क्वालिफाइड बनेको गौतमले बताए । ‘सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड हुन अभिकर्ताले सेल्फ कोडबाट ४६ लाख ९२ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नुपर्ने हुन्छ, अभिकर्तामा सेल्फ कन्फिडेन्टसँगै मिहिनेती हुने हो भने यस्तो सफलता सहजै पाउन सकिन्छ’ उनले भने, ‘साथै हाम्रो टिमबाट मात्रै ८ जना एमडीआरटी क्वालिफाइड बनेको छ, यसको लागि टिमवर्क पनि राम्रो हुनुपर्छ ।’

लगातार सातौं पटक एमडीआरटी बनेका गौतम आगामी वर्षमा अझ उत्कृष्ट प्रिमियम संकलन गरी सीओटी र टीओटी जस्ता उपाधि हासिल गर्ने बताउँछन् । ‘हिमालयन लाइफबाट लगातार ७औं पटक एमडीआरटी बन्ने म पहिलो अभिकर्ता हुँ’ उनले भने, ‘आगामी वर्ष अझ उत्कृष्ट बीमाशुल्क आर्जन गरी सीओटी बन्ने प्रयास गर्नेछु ।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

गौतम सन् २०१८ र २०२२ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा समेत सहभागी भइसकेका छन् । साविक युनियन लाइफ इन्स्योरेन्समा गौतमले पौने ३ करोड रुपैयाँको प्रिमियम भित्र्याई ‘नेपाल टप बीमा रत्न’ अवार्ड समेत पाएका थिए ।  

सन् २०१८ देखि लगातार ७ पटक एमडीआरटी बनिसकेको गौतमको लगातार १० पटकसम्म क्वालिफाइड हुने लक्ष्य रहेको छ । ‘१० पटकसम्म लगातार एमडीआरटी क्वालिफाइड हुँदा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरबाट पाउने सुविधाहरु उपलब्ध हुन्छ, जुनसुकै सम्मलेनमा निःशुल्क सहभागी हुने अवसर मिल्छ’ उनले भने ।  

विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुका प्रतिष्ठित संस्था एमडीआरटीकाअनुसार अभिकर्ताहरु लगातार १० वर्षसम्म एमडीआरटी क्वालिफाइड भएमा उक्त अभिकर्ता मानार्थ सदस्यका लागि योग्य हुनेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.