काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०लिमिटेडको हकप्रद सेयरमा १५.५७ प्रतिशत मात्रै आवेदन परेको छ । कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आवेदनको अन्तिम दिन (पुष १७)गतेसम्ममा ३६ लाख ५५ हजार ३२ कित्ता हकप्रदका लागि मात्रै आवेदन परेको छ । कम्पनीको हकप्रदमा ३६ करोड ५५ लाख ३ हजार २०० रुपैयाँ बराबरको आवेदन परेको हो ।
अन्तिम दिनसम्म कम्पनीको राइट सेयर जम्मा १५.५७ प्रतिशत मात्रै बिक्री भएको छ । कम्पनीले जारी गरेको ८८ प्रतिशत हकप्रद सेयरमा पुरै कित्ता बिक्री भए नेप्सेमा २ करोड ६ लाख ५१ हजार कित्ता सेयर थप हुने थियो । तर अन्तिमदिनसम्म जम्मा ३६ लाख ५५ हजार ३२ कित्ता हकप्रदका लागि मात्रै आवेदन परेको छ ।
कम्पनीको अझै १ करोड ९८ लाख १२ हजार ९६८ कित्ता हकप्रद सेयर बाँकी छ । यसर्थमा कम्पनीको ८४.४३ प्रतिशत हकप्रद अझै बिक्री भएको छैन ।
कम्पनीको हालको चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम ५ अर्ब रुपैयाँ चुक्तापुँजी पर्याउन ८८ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।
तर कम्पनीको हकप्रद जम्मा १५ प्रतिशत मात्रै बिक्री भएपछि जम्मा पुँजी जम्मा २ अर्ब ६७ करोड ६६ लाख रुपैयाँ मात्रै पुगेको छ । कम्पनीले अब ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन नबिकेको हकप्रद सेयर बोलकबोलमार्फत लिलामीमा ल्याउनुपर्ने हुन्छ ।
कम्पनीले अब बिक्री नभएको १ करोड ९८ लाख १२ हजार कित्ता हकप्रद सेयर सर्वसाधारणका लागि लिलामीमा ल्याउनेछ ।