आईतवार, आश्विन २५,२०८३ 04:31:57
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:31:57
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

Bizshala
लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरूबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ।यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको बैंकले जनाएको छ।

सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो। यी छलफलहरू देशका सातै वटा प्रदेशका प्रमुख सहरहरूमा निम्न मितिहरुमा सम्पन्न गरिएका थिएः

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

–पोखरा, गण्डकीप्रदेशः ११ डिसेम्बर २०२४

–सुर्खेत, कर्णाली प्रदेशः १३ डिसेम्बर २०२४

–इटहरी, कोशी प्रदेशः १८ डिसेम्बर २०२४

–जनकपुर, मधेश प्रदेशः २० डिसेम्बर २०२४

–हेटौंडा, बागमती प्रदेशः २३ डिसेम्बर २०२४

–धनगढी, सुदूरपश्चिम प्रदेशः २४ डिसेम्बर २०२४

–भैरहवा, लुम्बिनी प्रदेशः २७ डिसेम्बर २०२४

-काठमाडौं उपत्यका: २९ डिसेम्बर२०२४

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरू लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए । यी कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.