बुधबार, श्रावण २०,२०८३ 12:37:54
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:37:54
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफका अभिकर्ता बिक्रम उदासले नेपाल टप बनेर हाने ह्याट्रिक

हिमालयन लाइफका अभिकर्ता बिक्रम उदासले नेपाल टप बनेर हाने ह्याट्रिक
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता बिक्रम उदास सन् २०२५ का लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) क्वालिफाइड भएका छन् । योसँगै उनी छैठौं पटक एमडीआरटी क्वालिफाइड भएका हुन् ।

एमडीआरटी क्वालिफाइड अभिकर्ताहरुमध्ये उनी सर्वाधिक प्रिमियम भित्र्याएर ‘नेपाल टप’ समेत बन्न सफल भएका छन् । यसअघि पनि उनी सर्वाधिक प्रिमियम संकलन गरेर दुईपटक नेपाल टप बनिसकेका छन् । सन् २०२५ का लागि पनि सर्वाधिक प्रिमियम भित्र्याएर उनले नेपाल पट बनेर ‘ह्याट्रिक’ हानेका छन् ।  

व्यक्तिगत कोडमार्फत तोकिएको प्रिमियम संकलन गरेर उनी एमडीआरटी क्वालिफाइड भएका हुन् । ६ एमडीआरटी र एकपटक कोर्ट अफ टेबल (सीओटी) पनि बनिसकेका छन् ।  

साविक युनियन लाइफ इन्स्योरेन्सबाट प्रवेश गरेका उनी सोही कम्पनीबाट सर्वाधिक प्रिमियम संकलन गरेर ‘बीमारत्न’अवार्ड समेत प्राप्त गरिसकेका छन् ।  

सन् २०२२ सिड्नीमा भएको एमडीआरटी ग्लोबल कन्फ्रेन्समा समेत उनी सहभागी भइसकेका छन् । सन् २०२५ मा फ्लोरिडा, अमेरिकामा हुने एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुने उनको योजना छ ।  

सन् २०२५ का लागि एमडिआरटी योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्छ ।  यसैगरी कोर्ट अफ द टेबल उपाधीका लागि सन् २०२४ मा कुनै अभिकर्ताले व्यक्तिगत व्यापारबाट कूल १ करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमाशुल्क आर्जन गरेको हुनुपर्छ । टप अफ द टेबलका लागि २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । सन् २०२४ का लागि यो रकम जम्मा २ करोड ५० लाख २९ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.