शुक्रबार, फाल्गुन ३०,२०८१ 11:51:14
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 11:51:14
IME remit
Global IME Bank Limited

सेयर बजारमा कम मूल्य भएका ४ निर्जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?

Hyundai Nepal
सेयर बजारमा कम मूल्य भएका ४ निर्जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?
Nabil Bank Limited

काठमाण्डौ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनी सूचीकृत छन् । धितोपत्र दोस्रो बजारमा जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढी छ ।

निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी र नेप्सेमा सूचीकृत सेयर संख्या कम हुने भएकाले जीवन बीमाको तुलनामा सेयरभाउ बढी हुने बजार जानकारहरु बताउँछन् ।  

सेयरबजारमा अधिकांश निर्जीवन बीमा कम्पनीको सेयरभाउ ७–८ सय रुपैयाँको हाराहारीमा छ । तर मर्ज भएका चार निर्जीवन बीमा कम्पनीको सेयरभाउ भने ५ सय आसपासमा छ ।  

युनाइटेड अजोड, सानिमा जिआईसी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरभाउ अन्य निर्जीवन बीमा कम्पनीको तुलनामा कम छ । दोस्रो बजारमा सेयरभाउ कम रहेका तर वित्तीय अवस्था राम्रा भएका कम्पनीहरु ‘अण्डरभ्यालु कम्पनी’मा गनिन्छन् ।  

सेयरबजारमा दीर्घकालिन लगानी गर्न लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा यी चार कम्पनीमध्ये कुन कम्पनीमा लगानी गर्दा कम जोखिम तथा बढी फाईदा हुन सक्छ भनेर हामीले तुलनात्मक अध्ययन गरेका छौैं ।  

चुक्तापुँजीको आधारमा  

सेयरबजारमा आफुले लगानी गर्न लागिएको कम्पनीको चुक्तापूँजी कति छ त्यो बुझ्न आवश्यक हुन्छ । बजारमा पूँजी धेरै भएका अधिकांश कम्पनीको सेयरभाउ कम नै छ । चुक्तापूँजीको आधारमा सूचीकृत सेयर संख्या धेरै हुने भएकाले सेयर खरिद माग कम हुन जाँदा कम्पनीको सेयरभाउ कम हुने गर्दछ । दोस्रो त्रैमाससम्म उक्त चार निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी पुँजी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ अर्ब २ करोड रुपैयाँ छ भने सबैभन्दा कम युनाईटेड अजोडको १ अर्ब ९० करोड रुपैयाँ छ ।  

बीमा कोष र रिटेन्ड अर्निङको आधारमा  

बीमा कोष र रिटेन्ड अर्निङ बीमा कम्पनीहरुले रकम सञ्चित गर्ने कोष हो । कोषमा सञ्चित रकमको आधारमा कुन बीमा कम्पनी कति बलियो छ र भविष्यमा पर्न सक्ने जोखिम धारण गर्न सक्षम छ वा छैन अनुमान लगाउन सकिन्छ । बीमा कोषका आधारमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बलियो देखिएको छ । कम्पनीको बीमा कोषमा ५ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।  

त्यस्तै, रिटेन्ड अर्निङलाई जगेडा कोषको रुपमा पनि चिन्न सकिन्छ । बीमा कम्पनीले आफ्ना बीमित, कर्मचारी तथा सेयरधनीलाई प्रतिफल बाँड्न यस्ता कोषमा रकम सञ्चित गरी राख्दछ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको रिर्टन्ड अर्निङमा ३१ करोड २२ लाख रुपैयाँ छ ।  

खुद नाफाको आधारमा  

लगानीकर्ताले लगानी गर्नुअघि कम्पनीले कति मुनाफा कमाईरहेको छ त्यो थाहा पाउन जरुरी हुन्छ । यदि कम्पनी नोक्सानमा छ वा गत वर्षको तुलनामा नाफा बढाउन सकेको छैन भने त्यस्ता कम्पनीको सेयरमा लगानी गर्दा जोखिम हुन सक्छ । नाफाकै आधारमा निर्जीवन बीमा कम्पनीले लाभांश दिन सक्छ वा सक्दैन त्यो अनुमान लगाउन सकिन्छ । चालु आवको ६ महिनासम्म सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

कुल बीमा शुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुका लागि कुल बीमा शुल्क आर्जन व्यवसायको मुख्य सूचक हो । बीमा शुल्क आर्जनकै आधारमा बीमा कम्पनीहरुले लगानी दायरा बढाई, आम्दानी गरी खुद नाफा आर्जन गर्दछन् । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  

दाबी भुक्तानीको आधारमा  

खुद दाबी भुक्तानी पनि बीमा कम्पनीहरुको प्रमुख सूचक हो । दाबी भुक्तानीको आधारमा बीमा कम्पनी बीमितमैत्री छ वा छैन त्यो थाहा पाउन सकिन्छ । यदि कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको छ भने बीमितहरुमा कम्पनीप्रति विश्वास बढ्दै जान्छ र यसले कम्पनीको व्यवसाय थप बढ्न समेत सहयोग पुग्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।  

आम्दानीको आधारमा  

लगानीकर्ताले लगानी गनुअघि कम्पनीले कसरी र कति आम्दानी गरिरहेको छ त्यो थाहा पाउन जरुरी हुन्छ । यदि कम्पनीले उल्लेख्य आम्दानी गर्न सकेको छैन भने लगानी डुब्न सक्ने संभावना बढी हुन्छ । बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर ब्याज आम्दानी तथा विभिन्न सूचीकृत कम्पनीको सेयरमा लगानी गरी आम्दानी गरेको हुन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी आम्दानी गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले १९ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

ईपीएसका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । कर पछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै ईपीएस हिमालयन एभरेष्ट इन्स्योरेन्सको १६।०२ रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि कम्पनीहरुको लागि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । दायित्व बढ्दै जाँदा कम्पनीको नाफामा संकुचन आउन सक्ने सम्भावना हुन्छ । चालु आवको ६ महिनासम्ममा सबैभन्दा बढी नेटवर्थ हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९४.५ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । दोस्रो त्रैमाससम्म सबैभन्दा थोरै पीई रेसियो हिमालयन एरभेष्ट इन्स्योरेन्सको ४०.१० गुणा छ ।  

अधिकतम सेयरभाउको आधारमा  

उक्त चार कम्पनीमध्ये जुनकुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि लगानीकर्ताले सो कम्पनीको सेयरभाउ अधिकतम कतिसम्म पुगेको छ त्यो थाहा पाउनुपर्दछ । अधिकतम भाउ र अन्तिम सेयरभाउ कति छ त्यसैको आधारमा आफुले कतिसम्म लगानी गर्ने त्यो विश्लेषण गर्नुपर्ने हुन्छ । नेप्सेको फ्लोरसिटअनुसार सबैभन्दा बढी सेयरभाउ हिमालयन एभरेष्ट इन्स्योरेन्सकै ६७९ रुपैयाँसम्म पुगेको छ ।  

नोटः यो अध्ययन सेयर खरिद गर्न सिफारिस गरिएको हैन । लगानीकर्ताले आफैंले विश्लेषण गरी सेयर खरिद गर्दा उचित हुनेछ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा तयार

Shivam Cement
Bizshala
CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.