शुक्रबार, आश्विन २,२०८३ 08:30:33
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 08:30:33
Bizshala
Global IME Bank Limited

आइएमई लाइफद्वारा बीमितका लागि नयाँ बोनसदर निर्धारण, अधिकतम कति पाइन्छ ?

आइएमई लाइफद्वारा बीमितका लागि नयाँ बोनसदर निर्धारण, अधिकतम कति पाइन्छ ?
New Office

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८०÷८१ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूःल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो ।  

कम्पनीले बीमतिहरुलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ । कम्पनीले सावधिक,सीमित अवधि भुक्तानी,सावधिक तथा बाल सावधिक बीमालेख अन्तर्गत ९ र्वो अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

यस्तै सामूहिक सावधिक बीमालेख अन्तर्गत ९ र्वो अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७० रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।    

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ र्वो अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।    

अग्रिम भुक्तानी तथा आजीवन(कल्पधन)बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।  

अग्रिम भुक्तानी सावधिक बीमालेखका बीमितहरुले १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ का लागि ४८ रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस पाउने छन् ।  

Muktinath Bikas Bank Limited

बाल अग्रिम भुक्तानी सावधिक(बाल उमङ्ग)बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।  

यसैगरी, कम्पनीले वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख(बाल किरण)अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ का लागि ४४ रुपैयाँ र २५ देखि २९ का लागि ६० रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख(धन सरिता)अन्तर्गतका सम्पूर्ण बीमा अवधिका लागि २२ रुपैयाँ दिने भएको छ ।     

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.