बिहीबार, असार १२,२०८२ 05:27:02
  • बिहीबार, असार १२,२०८२ 05:27:02
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल

Hyundai Nepal
सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्रि डाईरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । विश्वव्यापी रुपमा नै श्रम आप्रवासको क्षेत्रमा काम गरिरहेको संस्था आईएलओसंग चेम्बरले सम्मानित रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपना लगायतका विषयमा सहकार्य गर्ने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले भने, ‘नेपालमा करिव ८० प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको र उनिहरुको हक अधिकार सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको छ, ।’नेपालको श्रम कानूनमा रहेको व्यवस्था बदलिदो कार्यशैली र सिप आर्जनमा चुनौतीपूर्ण रहेको अध्यक्ष अग्रवालको भनाई छ । श्रमिकले लचकतापुर्ण कार्यशैली अपनाउने परम्पराको विकास भईरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

चेम्बर अध्यक्ष अग्रवाल सहितका पदाधिकारीसँग भएको भेटमा आईएलओका कन्ट्रि डाईरेक्टर अन्ज्यनले रोजगार दाता र श्रमिक दुवैसँग प्रभावकारी समन्वय गरेर आईएलओले काम गरिरहेको बताए । साना तथा मझौला उद्योगहरु मुलुकको अर्थव्यवस्थाको मुख्य मेरुदण्ड भएको उनले बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.