शुक्रबार, आश्विन २३,२०८३ 07:50:21
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 07:50:21
Bizshala
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल

Bizshala
सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्रि डाईरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । विश्वव्यापी रुपमा नै श्रम आप्रवासको क्षेत्रमा काम गरिरहेको संस्था आईएलओसंग चेम्बरले सम्मानित रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपना लगायतका विषयमा सहकार्य गर्ने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले भने, ‘नेपालमा करिव ८० प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको र उनिहरुको हक अधिकार सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको छ, ।’नेपालको श्रम कानूनमा रहेको व्यवस्था बदलिदो कार्यशैली र सिप आर्जनमा चुनौतीपूर्ण रहेको अध्यक्ष अग्रवालको भनाई छ । श्रमिकले लचकतापुर्ण कार्यशैली अपनाउने परम्पराको विकास भईरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

चेम्बर अध्यक्ष अग्रवाल सहितका पदाधिकारीसँग भएको भेटमा आईएलओका कन्ट्रि डाईरेक्टर अन्ज्यनले रोजगार दाता र श्रमिक दुवैसँग प्रभावकारी समन्वय गरेर आईएलओले काम गरिरहेको बताए । साना तथा मझौला उद्योगहरु मुलुकको अर्थव्यवस्थाको मुख्य मेरुदण्ड भएको उनले बताए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.