सोमबार, भाद्र ८,२०८३ 11:42:30
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 11:42:30
Bizshala
Global IME Bank Limited

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत
New Office

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले आफूले लामो समयदेखि माग गर्दै आएको कालो बजारी ऐन लगायत अन्य ऐनहरुमा सरकारले अध्यादेशहरुमार्फत गरेको संशोधनलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

‘समयसापेक्ष र वैज्ञानिक ऐन, कानून व्यवसायमैत्री वातावरण निर्माण र लगानी अभिवृद्धिका लागि अपरिहार्य हुन्छन् । सरकारले यो तथ्यलाई मनन गर्दै ऐन कानूनहरुमा समय सापेक्ष सुधार गरेबाट आगामी दिनमा अझ उत्साहजनक वातावरण तयार हुने अपेक्षा गर्न सकिन्छ,’ संघको विज्ञप्तिमा उल्लेख छ । यसका लागि संघले सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै असल उद्देश्यका साथ संशोधन गरिएका प्रावधानहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।  

Bizshala
CG Motors

उद्योग, व्यवसायसँग सम्बन्धित ऐन कानूनमा गरिएको संशोधनबाट बजारमा आएको संकुचन न्यूनीकरण हुने, व्यवसायीको खस्किँदो मनोबल उकास्न बल पुग्ने र लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने संघको विश्वास छ । ‘पछिल्लो पटकको ऐन संशोधन अनुसार नियमावली र कार्यविधिहरु संशोधन गर्न र बन्न बाँकी नियमावली र कार्यविधि पनि यथाशीघ्र तयार गरी व्यवसायमैत्री ऐन, कानून कार्यान्वयन हुने वातावरण तयार गर्न हामी आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।  

संसद्मा छलफलमा रहेको भन्सार विधेयक २०८० पनि उद्यमी व्यवसायीका चासोका विषयलाई सम्बोधन हुने गरी यथाशीघ्र पारित गरी कार्यान्वयन गर्न संघले आग्रह गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X