आईतवार, फाल्गुन ३,२०८२ 01:35:50
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 01:35:50
Bizshala
Global IME Bank Limited

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न
Shivam Cement

Navigating Risks, Ensuring Confidence भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिले कम्पनी दर्ता भएको छोटो समयमै दुई दिने मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न गरेको छ । कम्पनीले माघ २ गतेदेखि ०३ गतेसम्म होटेल रोयल सिङ्गी, दरबारमार्गमा उक्त कार्यशाला सम्पन्न गरेको हो ।  

कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्समध्ये १२ इन्स्योरेन्स कम्पनी, २ रि–इन्स्योरेन्स, इन्स्योरेन्स ब्रोकर कम्पनीहरु र सर्भेयरहरु प्रतिनिधित्व गर्दै विभिन्न विभागमा काम गर्ने कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम कम्पनीको पहिलो कार्यक्रम हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा मूख्य अतिथीको रुपमाश्री चंकी क्षेत्री, नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमूखको उपस्थि रहेको थियो । त्यस्तै विशेष अतिथीको रुपमा प्राडा. फत्तबहादुर केसी, राजुरमण पौडेलको उपस्थिती िथयो । प्राडा फत्तबहादुर केसी नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्षहुन् भने राजुरमण पौडेल नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी प्रमूख हुन् । मूख्य अतिथीचंकी क्षेत्री र आयोजक संस्थाका म्यानेजीङ डाइरेक्टर अन्जन ढकालले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

दुई दिने कार्यक्रममा सहभागीहरुले मरिन इन्स्योरेन्सका नीतिहरु, अभ्यास र अन्र्तराष्ट्रिय मापदण्डहरुलाई गहन रुपमा छलफल गरिएको थियो । साथै, यस क्षेत्रमा देखिएका चुनौतीहरु र अवसरहरुको समिक्षा, मरिन इन्स्योरेन्सको आवश्यकता र जोखिम व्यवस्थापनको बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रम इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिको कार्यकारी अध्यक्षकुमार बहादुर खत्रीको अध्यक्षतामा भव्यसाथ सम्पन्न भएको हो । उनले मरिन इन्स्योरेन्सको महत्व र आवश्यकताबारे प्रकाश पार्दै आफुले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागू गरेर नेपाली बीमा बजारलाई विश्वासीलो बनाउन सम्पूर्ण तालिम लिएका कर्मचारीहरुलाई अनुरोध गरे । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.