शनिबार, श्रावण २,२०८३ 03:51:30
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:51:30
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप माघ ०७ गते आफ्नो कार्यालय प्राङ्गण, जेडिए कम्प्लेक्स, बागदरबार, काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाण्डौ महानगरपालिकाको समन्वयमा सम्पन्न गरेको हो ।

कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन् । रगतको अभाव र विभिन्न आपतकालिन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै रक्तदान जस्तो सामाजिक कार्य गरि समाजप्रतिको दायित्व निर्वाह गर्नका लागी कम्पनीको विशेष दिनमा यस पुनित कार्य आयोजना गरेको हो ।  

आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदानलगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुटलगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।  

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.