काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप माघ ०७ गते आफ्नो कार्यालय प्राङ्गण, जेडिए कम्प्लेक्स, बागदरबार, काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाण्डौ महानगरपालिकाको समन्वयमा सम्पन्न गरेको हो ।
कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन् । रगतको अभाव र विभिन्न आपतकालिन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै रक्तदान जस्तो सामाजिक कार्य गरि समाजप्रतिको दायित्व निर्वाह गर्नका लागी कम्पनीको विशेष दिनमा यस पुनित कार्य आयोजना गरेको हो ।
आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदानलगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुटलगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                