सोमबार, आश्विन २६,२०८३ 02:08:49
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:08:49
Bizshala
Global IME Bank Limited

चिनियाँ कम्पनीहरुले रेकर्डतोड मात्रामा दिन थाले लाभांश, एक वर्ष ३२७ बिलियन डलरबराबर वितरण

Bizshala
चिनियाँ कम्पनीहरुले रेकर्डतोड मात्रामा दिन थाले लाभांश, एक वर्ष ३२७ बिलियन डलरबराबर वितरण
New Office

काठमाण्डौ । चिनियाँ कम्पनीहरुले सेयरधनीहरुलाई ठूलो परिणाममा लाभांश दिने परम्पराको सुरुवात गरेका छन् । चिनियाँ कम्पनीहरुले सेयर बाईब्याक गर्दै लगानीकर्ताहरुलाई रेकर्डतोड लाभांश दिईरहेका छन् ।  

चिनियाँ स्टकहरुको लाभांशदर करिब ३ प्रतिशतले वृद्धि भएको छ । जुन सन् २०१६ पछिकै उच्च हो । यसले लामो समयदेखि संकटग्रस्त सेयर बजारमा टिकेर लगानी गरिरहेका लगानीकर्ताहरु लाभान्वित भईरहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन भएसँगै चिनियाँ सेयर बजारमा थप दबाब परेको छ ।  

चिनियाँ नियामक र नीति निर्माताहरुले सेयरहोल्डर रिटर्नको कल्चरलाई स्थापित गर्न चाहिरहेको बजार विज्ञहरुले बताएका छन् । यदि यो प्रयास सफल भएमा पूँजीबजारको स्वरुप परिवर्तन हुने र यसको केही सुरुवाति संकेतहरु समेत देखिएको उनीहरुले बताएका छन् ।  

चिनियाँ कम्पनीहरुमा बाईब्याक र लाभांशको अभ्यास चिनियाँ अधिकारीहरुले सेयरको मूल्य बढाउने र लगानीकर्ताको मनोबल बढाउने उद्देश्यले गत सेप्टेम्बर महिनादेखि सुरु गरेका थिए ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

विगत केही वर्षदेखि चीनको सेयर बजार मापक सीएसआई३०० इन्डेक्सले निकै संघर्ष गरिरहेको छ । सीएसआई३०० सन् २०२१ यता २७ प्रतिशत बढीले घटिसकेको छ । यो अवधिमा अमेरिकी सेयर बजार मापक इन्डेक्स एस एण्ड पी ५०० भने ६५ प्रतिशतले बढेको छ । पछिल्लो एक दशकमा चिनियाँ सेयर बजारको पूँजीकरण ११ ट्रिलियन डलर वरपर रुमल्लिएको छ ।  

घरजग्गा क्षेत्रमा आएको सुस्तता,महङ्गीको मार, ठूला लगानीका लागि वातावरण नबन्नु र भू–राजनीतिक तनाव जस्ता कारणले चिनियाँ तथा विदेशी लगानीकर्ताको मनोबल कमजोर बनेको छ । जस कारण चिनियाँ बजारमा पलायनको समस्या देखिएको छ । यसैबीच डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउन दिएको धम्कि थप चिन्ताको विषय बनेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

गत सेम्टेम्बर महिनामा चीन सरकारले सेयर मूल्य बढाउने प्रयास गरेपनि कम्पनीका सेयरमूल्यले मुमेन्टम गुमाएका छन् । सेयर बजार बढाउने चीन सरकारको पहिलो घोषणा भएयता सीएसआई३०० इन्डेक्स ४० प्रतिशतले बढिसकेको छ ।  

तर नीतिको कार्यान्वयनको सुस्तताका कारण भने यो वृद्धिमा रुकावट आएको छ ।  

सन् २०२४ मा चिनियाँ कम्पनीहरुले २.४ ट्रिलियन युआन(३२९.७ बिलियन डलरबराबर)को लाभांश वितरण गरेका छन् । यस्तै सेयर बाईब्याक पनि १४७.६ बिलियन युआनको रेकर्टतोड स्तरमा पुगेको छ । ‘चाइना सेक्युरिटिज् रेगुलेटरी कमिशन’का प्रमुख वु कुईङले ३१० भन्दा बढी कम्पनीहरुले डिसेम्बर र जनवरीमा ३४० बिलियन युआनभन्दा बढी लाभांश प्रदान गर्ने अपेक्षा गरेका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.