शनिबार, बैशाख १९,२०८३ 05:47:38
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 05:47:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कर्णाली युवा महोत्सव सुरु, ‘कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी’ मुख्यमन्त्री कँडेल

Bizshala
कर्णाली युवा महोत्सव सुरु, ‘कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी’ मुख्यमन्त्री कँडेल
Shivam Cement

काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताएका हुन् ।  

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको औंल्याए । ‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु, युवाको सकारात्मक साथ आवश्यक छ, उनले भने, ‘मैंले कहिल्यै कर्णालीको शीर निहु¥याउने काम गर्ने छैन्, प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु ।’  

साथै, उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्था विरोधी चिन्तन नराख्न युवाहरुलाई आग्रह गरे ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

युवा महोत्सवलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरुले निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताइन् । ‘राज्यले के गरेको छ ? भनेर निराशा छर्ने काम भएको छ, कोभिडजस्तो भयावह अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा आएर राज्यप्रतिको दायित्व पुरा गरेको उदाहरण प्रस्तुत गर्दै युवाहरुले समाजलाई भ्रम छर्ने खालका गतिविधिमा नलाग्न आग्रह गरिन् । राम्रा पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्नुपर्ने उनको भनाई छ । ‘अहिलेको युवाहरुमा केही समस्या छन्, फेसबुक लाइभमा बसेर समय खेर फालिरहेका छन्, घरमा बसेर फेसबुकमा गाली गरेर हैन, सिर्जनशील बन्नुपर्छ, उद्यमशील बन्नुपर्छ, ढकालले भनिन्, ‘जो व्यक्तिको मनमा सँधै निरासा हुन्छ, त्यस्तो व्यक्तिबाट समाज रुपान्तरण सम्भव हुँदैन, आशावादी हुनुपर्छ ।’

CG Motors
Garima Development Bank
IME remit

साथै, नगर प्रमुख ढकालले विदेश सोचेजस्तो नभएकाले युवाहरुले विदेश मोह त्याग्नुपर्ने सुझाव दिँदै भनिन्, ‘आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर राज्यलाई गाली गरेर युवाले केही पाउँदैनन् यस्तो प्रवृत्तिले देशको पनि विकास हुँदैन् ।’  

त्यस्तै नेपाली कांगे्रसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णालीका नागरिकहरुले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताए । ‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो, कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो, उनले भने, ‘तर आज कर्णालीका गाउँहरु खाली भएका छन्, युवाहरु विदेशिएका छन्, हामीले मिहेनत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिन्छ ।’  

महोत्सव सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव नन्दा बस्याल लगायतले शुभकामना व्यक्त गरेका थिए । परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशिलता र सिर्जनशिलता लगायतका विषयमा प्रेरणादायी सत्रहरु सञ्चालन हुनेछन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.