शुक्रबार, बैशाख ४,२०८३ 05:13:01
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:13:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न

Bizshala
राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न
Shivam Cement

काठमाण्डौ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकुद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै खेलकुद सप्ताह सम्पन्न गरेको हो ।

नेपाली खेलकूदमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थितिमा स्कुलले वार्षिक कार्यतालिकाअनुसार कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा विद्यालयका खेलाडीहरुले बास्केटबल, फुट्सल, कराँते लगायतका खेल कौशल प्रस्तुत गरेका थिए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बास्केटबल प्रतियोगितामा राष्ट्रिय महिला टिमका खेलाडीहरु गिरासा सिलवाल र मिना गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, फुट्सल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका पूर्व मिडफिल्डर भोला सिलवाल उपस्थित भएका थिए ।

उपस्थित पाहुनाहरुले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै पुरस्कृत गरेका थिए ।  

कार्यक्रमबारे प्रतिक्रिया दिँदै स्कुलकी प्रिन्सिपल सुभद्रा श्रेष्ठले खेलप्रेमी विद्यार्थीहरुलाई स्कुलले उपयुक्त वातावरण दिनुपर्ने मान्यता राख्दै आफूहरु अघि बढिरहेको र गुणस्तिरीय शिक्षासँगै स्कुलले अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिइरहने बताइन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.