बुधबार, असार ११,२०८२ 06:11:18
  • बुधबार, असार ११,२०८२ 06:11:18
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
ओम मेगाश्री फर्मास्युटिकल्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आगामी फागुन ७ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन चितवनमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णृय गरेको हो ।  

सभामा सञ्चालक समितिको संरचना परिवर्तन गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, सञ्चालकहरुको पारिश्रमिक बैठक भत्ता तथा अन्य सुविधा निर्धारण गर्ने र साधारण सभाले संशोधन गर्ने विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दैछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.