काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ बढेको छ । आज एक डलरको खरिददर १३८.१७ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४३.७८ रुपैयाँ र बिक्रीदर १४४.४० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७१.६३ रुपैयाँ र बिक्रीदर १७२.३७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.०६ रुपैयाँ र बिक्रीदर ८६.४३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४५ रुपैयाँ र बिक्रीदर ३१.५९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८८ रुपैयाँ र बिक्रीदर ४४९.८२ रुपैयाँ कायम भएको छ ।