सोमबार, फाल्गुन ४,२०८२ 04:17:17
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:17:17
Bizshala
Global IME Bank Limited

सस्तोमा सुन बिक्री गर्ने स्किम बन्द गर्दै भारत सरकार

सस्तोमा सुन बिक्री गर्ने स्किम बन्द गर्दै भारत सरकार
Shivam Cement

काठमाण्डौ । भारत सरकारले सस्तो सुन बिक्री गर्ने स्किम बन्द गर्ने भएको छ । सुनको मूल्य आकाशिएसँगै भारत सरकारले ‘सोभरेन गोल्ड बोन्ड स्किम’ अर्थात एसजीबी स्किम बन्द गर्न लागेको हो ।  

यसको संकेत भारतकी वित्तमन्त्री निर्मला सीतारमणले दिएकी छन् । सीतारमणलाई यसबारे गरिएको प्रश्नमा उनले यस विषयमा कुरा भईरहेको बताइन् । हालै सार्वजनिक भएको भारतको बजेटमा भने यस विषयमा कुनैपनि घोषणा भएको थिएन ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एसजीबी स्किम बन्द गर्ने तयारीलाई त्यहाँको आर्थिक मामिला विभागका सचिव अजय सेठले पुष्ठि गर्दै गोल्ड बोन्ड स्किम सरकारका लागि धेरैनै महङ्गो साबित भईरहेको र सरकारले अब नयाँ किस्ता जारी नराख्ने निर्णय गरेको बताए ।  

यो स्क्मिको सुरुवात सन् २०१५ को नोभेम्बरमा भएको थियो । यो योजनामार्फत सरकारले मानिसहरुलाई बजारको भन्दा कम मूल्यमा सुनमा लगानी गर्ने विकल्प दिने गर्दथ्यो । यसका साथै अनलाइन  खरिदमा भारु ५० प्रतिग्रामको छुट पनि दिइन्थ्यो ।  

यस्तै २.५ प्रतिशतको निश्चित ब्याज पनि दिइन्थ्यो । यो योजनााका मार्फत परिवारका प्रत्येक सदस्यले अधिकतम ४ किलो सुन खरिद गर्न सक्छन् । सोभरेन गोल्ड बोन्डको म्याच्युरिटी अवधि ८ वर्षको हुन्छ ।  

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.