काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रविचन्द्र गुरुङ पदमुक्त भएका छन् । माघ २३ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको ५४३ औं बैठकले गुरुङलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ ।
यस्तै सोही बैठकले माघ २३ गतेदेखि नै लागू हुनेगरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायममुकायम(कामु)सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।