काठमाण्डौ । स्कील सेवाले राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव)को आयोजना गर्ने भएको छ । महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको छ ।
घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा आयोजकको रहेको छ ।
घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाण्डौ उपत्यकका नगरपालिकाहरू वास्तुकलाविद्, उद्यमी, विद्यार्थीलगायताका अन्य इच्छुक व्यक्तिहरुले एउटै छानामुनि घर निर्माण एवं मर्मत संम्भारको बारेमा छलफल, अन्तरक्रिया गर्न सक्ने बताइएको छ । फेस्टको मूख्य अकर्षणहरूः सस्तो घर, बलियो घर, निर्माणसम्बन्धी मापदण्ड, र निमार्णसम्बन्धी अत्याधुनिक प्रबिधिको प्रयोग रहेको छ ।
घरको आधुनिक र पुराना डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोगलगायतका विषयमा पनि महोत्सवमा छलफल हुने बताइएको छ । महोत्सव आगामी फागुन १५, १६ र १७ गते काठमाण्डौस्थित बुद्धनगरेको क्लालिटी ब्यान्क्वेटमा आयोजना गरिएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म महोत्सवमा सहभागी हुन सकिने आयोजक संस्थाले जनाएको छ ।
घर निर्माणका सन्दर्भमा आफूहरुले सचेतना फैलाउन महोत्सव आयोजना गरिएको बताईन् । ‘जो कोही पनि घर बनाउने इच्छुक हुनुहुन्छ, उहाँहरुलाई नै हामीले लक्षित गरेर यो प्रोगाम आयोजना गर्दैछौं,’ उनले भनिन् ।
यस फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायताका अन्य इच्छुक व्याक्तिहरूले एउटै छतमुनि घर निर्माण एवं विभिन्न मर्मतसंभार सम्बन्धी महत्वपूर्ण छलफल अन्तरकृया हुनेछ ।
यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिने बताइएको छ ।