बिहीबार, आश्विन २३,२०८२ 07:41:13
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 07:41:13
IME remit
Global IME Bank Limited

बलेफी हाईड्रोपावरले १७.९८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

Hyundai Nepal
बलेफी हाईड्रोपावरले १७.९८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमाफर्त बिक्री गर्ने भएको छ । कम्पनीले आगामी फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।  

कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेका छन् । यी सेयरहरु आगामी चैत २९ गतेसम्म लकइनमा रहेको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोलपत्र आवेदन पाइने र बुझाउने ठाँउहरुमा एनआईएमबी एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु, चिप्लेढुङ्गा(पोखरा),ट्राफिकचोक बुटवल,आदर्शनगर विरगञ्ज र विराटनगर(गोल्छाचोक) तोकिएको छ । सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएको छ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा मागबमोजिम दिन पाइनेछ ।  

आवेदन दिने अन्तिम मिति फागुन १९ गते तोकिएको छ ।  

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.