काठमाण्डौ । कोकाकोलाले अमेरिकामा प्लास्टिकका बोतलहरुको प्रयोग बढाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने घोषणा गरेसँगै आल्मुनियम क्यान महङ्गो पर्ने भएपछि कोकाकोलाले प्लास्टिकको बोतलको प्रयोग बढाउने भएको हो ।
यसको जानकारी कोकाकोलाका सीईओ जेम्स क्इनसेले लगानीकर्तालाई दिएका हुन् । ट्रम्पले अमेरिकामा आयात हुने आल्मुनियम तथा स्टिलमा २५ प्रतिशत भन्सार शुल्क लगाउन निर्देशन दिएका छन् । यससँगै अब अमेरिकामा क्यान्ड खाद्यान्न र पेय पर्दाथको मूल्य बढ्ने निश्चित भएको छ ।
कोकाकोलाले गत डिसेम्बर महिनामा आफ्नो प्याकेजिङमा रिसाइकल्ड पदार्थको प्रयोगको लक्ष्यलाई घटाएको थियो । कम्पनीले सन् २०३० मा ५० प्रतिशत रिसाकल्ड पदार्थको प्रयोगलाई घटाउदै सन् २०३५ सम्म ३५ देखि ४० प्रतिशतमा झारेको थियो ।
वातावरणविदहरुले कोकाकोलालाई लगातार ६ वर्ष विश्वको शीर्ष प्लास्टिक प्रदुषणकर्ताको रुपमा राखेका थिए ।