काठमाण्डौ लिवर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्स्ेमा कम्पनीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकरण भएसँगै आगामी कारोबारदेखि उक्त सेयर दोस्रो बजार कारोबारमा आउनेछन् ।
कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०।५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । सोही हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।