काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेड लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन २८ गते काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।