आईतवार, फाल्गुन ११,२०८१ 09:56:53
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:56:53
IME remit
Global IME Bank Limited

मौद्रिक क्षति बीमासम्बन्धी निर्देशिका जारी, यस्तो छ बैंकर क्षतिपूर्ति, नगद र निष्ठा जमानीको बीमादर

Hyundai Nepal
मौद्रिक क्षति बीमासम्बन्धी निर्देशिका जारी, यस्तो छ बैंकर क्षतिपूर्ति, नगद र निष्ठा जमानीको बीमादर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ ।  

बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षणमा आइपर्न सक्ने जोखिमहरु विरुद्धको रक्षावरण गर्ने बीमा सम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनिय भएकाले बीमा प्राधिकरणले यो निर्देशिका जारी गरेको जनाएको छ ।  

प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धि निर्देशनमा बैंकर क्षतिपूर्ति बीमालेख, नगद बीमालेख, निष्ठा बीमालेखको व्यवस्था गरेको छ । जसमा बीमितले बैंकर क्षतिपूर्ति बीमालेख, नगद बीमालेख र निष्ठा बीमालेखको लागि छुट्टाछुट्टै  प्रस्ताव फाराम समेत उल्लेख गरिदिएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस निर्देशिका बमोजिम बीमकले यो निर्देशन बमोजिम जारी गरेको बीमक तथा बीमित बीचको द्धिपक्षीय करार हुने जनाएको छ । बीमकले बीमा अवधि समाप्त हुनु भन्दा कम्तिमा १५ दिन अगाडि बीमितलाई बीमालेखको अवधि समाप्त हुन लागेको जानकारी सहितको सूचना गराउनुपर्नेछ ।  

प्राधिकरणले यस निर्देशिकाबमोजिम बैंकर क्षतिपूर्ति बीमालेख, नगद बीमालेख र निष्ठा जमानी बीमालेखमा फरक–फरक बीमादर कायम गरेको छ ।  

बैंकर क्षतिपूर्ति बीमालेखअन्तर्गत आधारभुत बीमाङ्कको बीमाशुल्क एकमुष्ठ २।७५ प्रतिशत तोकेको छ । साथै अतिरिक्त बीमाङ्कको बीमाशुल्कमा १ प्रतिशत प्रति रक्षावरण, निष्ठा जमानी वापतको बीमाशुल्कमा १० प्रति कर्मचारी, हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकवाद सम्बन्धी जोखिम समूहको बीमाशुल्कमा ०.६७ प्रतिशत र प्रचलित सम्पत्ति बीमा बमोजिमका जोखिम थप गरेवापतको बीमाशुल्कमा ०.१५ प्रतिशत बीमादर कायम गरिएइको छ ।  

साथै नगद बीमालेखको बीमादरमा रक्षावरण ‘क’ (काउन्टरमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण) बीमाशुल्कः रु २ प्रति हजार तोकिएको छ ।  

साथै रक्षावरण ‘ख’ (सेफ÷भल्टमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण)बीमाशुल्कः रु २ प्रति हजार, ९रक्षावरण “ग” (बीमा अवधि भित्र एक पटकमा गरीने अधिकतम मार्गस्थ नगद तथा नगदजन्य उपकरण र सुरक्षण रकममा) बीमाशुल्कः १.५ प्रतिशत, रक्षावरण ‘घ’ (नगद बाहेकका अन्य नगदजन्य उपकरण) बीमाशुल्कः रु २ प्रतिहजार, रक्षावरण ‘ङ’ को हकमा थप बीमाशुल्क नलाग्ने, (बीमितको परिसरमा भित्र रहेको नगद तथा नगदजन्य उपकरण चोरी, संधमारी, डकैति वा तोडफोड भएको अवस्थामा कर्मचारी वा कामदारको व्यक्तिगत नगदको हानी नोक्सानी भएमा प्रति बीमाअवधि बढीमा दश हजार रुपैयासम्मको हकमा थप बीमाशुल्क नलाग्ने,)

हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकबाद सम्बन्धी जोखिम समूहको बीमाशुल्कः रु १.२५ प्रति हजार र प्रचलित सम्पत्ति बीमा अनुसारका जोखिम (हुलदंगा, हड्ताल, दवेषपूर्ण कार्य र आतंकबाद सम्बन्धी जोखिम बाहेक) थप गरे वापतको बीमाशुल्क रु १.५० प्रतिहजार तोकिएको छ ।  

साथै निष्ठा जमानी बीमादर अन्तर्गत जोखिममा रहेको बीमाङ्क रकमको बीमाशुल्कः रु. ५ प्रति हजार तोकिएको छ । बीमामा समावेश भएका कर्मचारीहरुको बीमाशुल्कः रु. १०० प्रति कर्मचारी, उपदफा (१), (२) र (३) बमोजिमको बीमादरको आधारमा गणना गरेको बीमाशुल्कमा कुनै प्रकारको छट (डिस्काउन्ट), रिहायत, कटौती वा सहलियत दिन पाइने छैन । तर बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बीमालेख बिक्रि गरिएको अवस्थामा हलदङ्गा तथा आतङ्कवाद जोखिमको बीमाशुल्क बाहेक अन्य बीमाशुल्कमा बढीमा अभिकर्ता कमिशन बराबरको रकम वा पाँच प्रतिशत रकम छुट प्रदान गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन ।

त्यस्तै, एक पटक बीमालेख जारी भए पश्चात बीमा अवधिभर बीमादर बढाउन वा घटाउन नपाइने प्राधिकरणले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.