मंगलवार, असार ९,२०८३ 06:11:42
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:11:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमकले संकलन गरे रु.२४.२७ अर्ब प्रिमियम, नम्बर वानमा शिखर इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमकले संकलन गरे रु.२४.२७ अर्ब प्रिमियम, नम्बर वानमा शिखर इन्स्योरेन्स

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब भन्दा बढी प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमकले चालु आवको ७ महिनासम्ममा २४ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  

निर्जीवन बीमकहरुको यो व्यवसाय गत आवको सो अवधिसम्मको तुलनामा ७.८० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५१ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए ।  

गत आवको तुलनामा ४ बीमकको व्यवसाय घटेको छ भने १० कम्पनीको बीमाशुल्क आर्जन भने उल्लेख्य बढेको छ ।  

New Office
CG Motors
Garima Development Bank

सो अवधिसम्म सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनी एक्लैले सो अवधिसम्म ३ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

मर्जरमा गएका कम्पनीलाई पछि पार्दै शिखर इन्स्योरेन्स व्यवसायमा अब्बल देखिएको छ । निर्जीवन बीमा कम्पनीहरु मर्जरमा जानुअघि पनि शिखर इन्स्योरेन्स सर्वाधिक व्यवसाय गर्ने कम्पनीको अग्रपंक्तिमा नै थियो । मर्जरपश्चात् कम्पनीको व्यवसाय अन्य कम्पनीको तुलनामा सामान्य कम देखिएपनि चालु आवमा कम्पनीले व्यवसाय बढाउन कम ब्याक गरेको देखिएको छ ।  

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड रुपैयाँ प्रिमिमय संकलन गरेको छ । तेस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले पनि सो अवधिसम्म २ अर्ब ४४ करोड रुपैयाँ प्रिमिमय संकलन गर्न सफल भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै आइजीआई प्रुडेन्सियलले २ अर्ब २ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड, हिमालयन एभरेष्टले १ अर्ब ९२ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड, ओरियन्टलले १ अर्ब ५२ करोड, सानिमा जिआइसीको १ अर्ब ३८ प्रतिशत, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड र नेपाल इन्स्योरेन्सले ६९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । गत आवको माघ महिनासम्म ८७ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले ४४.१६ प्रतिशतले बढाएर १ अर्ब २५ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.