काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम शुक्रबार सूचना प्रकाशित गर्दै मालिका बस्नेत निर्माण सेवा, पञ्चकोटी निर्माण सेवा र आदित्य सप्लायर्सलाई दुई वर्ष तथा उज्यालो निर्माण सेवा प्रा.लि.लाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।
सम्बन्धित सार्वजनिक निकायको सिफारिसका आधारमा गरिएको निर्णयअनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।