शुक्रबार, असार १३,२०८२ 05:35:52
  • शुक्रबार, असार १३,२०८२ 05:35:52
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव

Hyundai Nepal
गार्डियन माइक्रो लाइफले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ११ गते दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा कम्पनी र अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने, नियमनकारी नियकायबाट कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने निर्देशन आएमा÷ कम्पनीले पूँजी वृद्धि गर्न आवश्यक देखिएमा सोही बमोजिम कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन)गर्ने, सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधाका सम्वन्धमा र कम्पनीले सामाजिक उत्तरदायित्व अर्न्तगत गरेको खर्च अनुमोदन समेत गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.