मंगलवार, जेष्ठ ५,२०८३ 01:02:30
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:02:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा रिलायन्स लाईफले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाईफले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । यही फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत ८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको अधिकृत पूँजी ५ अर्ब २ करोड कायम गर्ने, बोनस सेयर वितरणपश्चात हुने सेयर संरचनाबमोजिम जारी तथा चुक्तापूँजी वृद्धि गरी ५ अर्ब १ करोड ४९ लाख पुर्याउने, कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्चहरु अनुमोदन गरिनेछ ।    

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण  पारित गर्ने र आव २०८१/८१ को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वा्रा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.