बुधबार, असार १०,२०८३ 12:01:34
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:01:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पद्वारा ५ वटा क्रिप्टोकरेन्सीलाई ‘रणनीतिक रिजर्भ’मा राख्ने घोषणा, मूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
ट्रम्पद्वारा ५ वटा क्रिप्टोकरेन्सीलाई ‘रणनीतिक रिजर्भ’मा राख्ने घोषणा, मूल्यमा उछाल

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ५ वटा क्रिप्टोकरेन्सीलाई अमेरिकाको नयाँ ‘रणनीतिक रिजर्भ’मा राख्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो घोषणा गरेका हुन् ।  

ट्रम्पले गत जनवरीमा दिएको कार्यकारी आदेशअनुसार बिट्क्वाइन,इथर,एक्सआरपी,सोलाना र कार्डानो गरी ५ वटा डिजिटल एसेस्ट सञ्चित गर्ने बताएका छन् ।  

 

यस्तै ट्रम्पले बिट्क्वाइन र इथर जस्ता क्रिप्टोकरेन्सी रिजर्भको मुख्य आकर्षण हुने बताएका छन् । यद्यपी क्रिप्टोकरेन्सीहरुको रिजर्भको बारेमा रुपरेखा भने तयार भएको छैन । विश्लेषकहरू र कानूनी विशेषज्ञहरू यसका लागि कांग्रेसको सहमति आवश्यक पर्छ कि पर्दैन भनेर विभाजित देखिन्छन्। केहीले युएस ट्रेजरी एक्सचेञ्ज स्टेबलाइजेशन फण्डमार्फत रिजर्भ सिर्जना गर्न सक्ने तर्क गरेका छन्। जसको उपयोग जुन विदेशी मुद्राहरू खरिद वा बिक्री गर्न प्रयोग गर्न सकिने जनाइएको छ । 

ट्रम्पको यस्तो घोषणासँगै यी क्रिप्टोकरेन्सीहरुको मूल्यमा उछाल आएको छ । बजार पूँजीकरणका आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको रुपमा रहेको बिट्क्वाइनको मूल्य ११ प्रतिशतभन्दा बढीले बढेको छ । यससँगै बिट्क्वाइनको मूल्य ९४ हजार १६४ डलर पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्य पनि १३ प्रतिशतले बढ्दै २ हजार ५१६ डलर पुगेको छ । समग्र क्रिप्टोकरेन्सी बजार करिब १० प्रतिशतले उकालो लागेको छ ।  

चुनावी अभियानका क्रममा ट्रम्पले क्रिप्टो उद्योगको समर्थन प्राप्त गरेका थिए । चुनाव जितेसँगै ट्रम्प क्रिप्टो उद्योगलाई बढावा दिने नीतिहरुतर्फ केन्द्रीत बनेका छन् । ट्रम्पले आगामी शुक्रबार ह्वाइटआउसमा क्रिप्टो सम्मेलन आयोजना गर्दैछन् । ट्रम्पको परिवारले आफ्नो दुईवटा क्वाइन समेत लञ्च गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघिका राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतालाई आर्थिक ठगी र सम्पत्ति शुद्धिकरणबाट जोगाउन क्रिप्टो उद्योगमाथि कसिलो नीति अबलम्बन गरेका थिए । तर ट्रम्प प्रशासनअन्तर्गत सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले विभिन्न क्रिप्टो कम्पनीहरुमाथिको अनुसन्धान रोकेको थियो ।  

ट्रम्पले निर्वाचन जितेसँगै उछाल आएको क्रिप्टोकरेन्सीहरुको मूल्य पछिल्लो केही सातादेखि भने निरन्तर रुपमा घट्दै आएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.